― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsजेनजी र प्रधानमन्त्रीबिचको सम्झौता नेकपाको नीतिसँग मिल्छ : प्रचण्ड

जेनजी र प्रधानमन्त्रीबिचको सम्झौता नेकपाको नीतिसँग मिल्छ : प्रचण्ड


राष्ट्रिय

समाचार.

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र जेनजी युवाबीच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको बताए।
  • प्रचण्डले मिडियामा चर्चित सबै जेनजी युवाहरू अहिले नेपाली कम्युनिस्ट पार्टीमा जोडिएको दाबी गरे।
  • प्रचण्डले तत्कालीन केपी ओली सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी गर्नुभयो।

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अगाडि प्रधानमन्त्री र जेनजी युवाहरूबिच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको बताएका छन् ।

सुर्खेतमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र नेकपाको विचार एउटै भएको भन्दै सम्झौताको विषय पनि मिलेको बताए ।

‘प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूले गरेको सम्झौता राम्रोसँग हेर्नुभयो भने नेकपाको नीति कार्यक्रमसँग धेरै मिल्दो जुल्दो छ,’ उनले भने, ‘यस अर्थ कतिपय आत्तिएका छन् । सबै नेकपा तिर जाने भएकी भनेर आतङ्कित बनेका छन् ।’

उनले मिडियामा नाम सुनियाका, चर्चामा आएका सबै जेनजी युवाहरू नेकपामा जोडिएको समेत दाबी गरे ।

‘तपाईँहरूलाई अनौठो लाग्ला, हामीलाई बेसरी गाली गर्नेहरू सबै अहिले नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन्,’ उनले भने, ‘जेनजीहरुको अभिभावक पार्टी नेकपा नै रहेछ । हाम्रा अभिभाव भनेका प्रचण्ड र माधव नै रहेछन् भन्ने कुरा रियलाइज गरेका छन् ।’

जेनजी आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको प्रचण्डको ठहर छ । ‘सच्चिने कि सक्किने’ भनेर जेनजी युवाहरूले दिएको चेतावनीलाई आफूले सकारात्मक रूपमा लिएको समेत बताए । ‘जेनजी युवाहरूले हामीलाई सचिने की सकिने भन्ने चुनौती दिए । हामीले त्यसलाई स्वीकार गयौ । र, जेनजीको बाटोमा हिँड्ने पहिलो पार्टी नै हामी बन्यौँ,’ प्रचण्डले भने ।

प्रचण्डले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी समेत गरे ।





Read More