― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
Homeजेनजी आन्दोलन सम्झँदै विश्वप्रकाशले भने- तिहार मनाउन मनले मागेन, मानेन, खोजेन

जेनजी आन्दोलन सम्झँदै विश्वप्रकाशले भने- तिहार मनाउन मनले मागेन, मानेन, खोजेन



६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान जोगाउन नसकेको र देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर तिहार मनाउन नसकेको भन्दै शुभचिन्तकसँग माफी मागेका छन् ।

सामाजिक सञ्जालमार्फत शर्माले आफूलाई निरन्तर टेलिफोनमा देउसी, भैलो, भाइटीकाबारे प्रश्न आइरहेको भए पनि तिहार मनाउन नसकेको उल्लेख गरेका छन् ।

‘केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु– यसपालि देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौं, क्षमा पाउँ,’ महामन्त्री शर्माले भनेका छन्, ‘दशैंको टीका र तिहारको भाइटीका लगाइएन यसपालि । भदौ २३ को  प्रदर्शनमा त्यतिका अमुल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन ।’

उनले यसअघिका वर्षमा झापाको मेचिनगरस्थित धुलाबारीको आँगनमा खेल्ने गरिएको देउसी स्मरण गरे । तर, यो पटक भने आफ्नै मनले त्यस्तो गर्न नमानेको अनुभूति उनले स्मरण गरेका छन् ।

‘तर यसपालि मनले त्यो मागेन, मानेन, खोजेन,’ उनले भनेका छन्, ‘आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन ।’

उनले थप अपेक्षा राख्दै भनेका छन्, ‘हामी सबै बदलिनेछौं र समाज बदल्नेछौं । बदलाको भाव, वैरभाव कसैप्रती पनि नराखौं । यहि नै हाम्रा धर्मशास्त्रहरुको पनि सार हो ।’





Read More