― Advertisement ―

शुभ समाचार तस्बिर प्रशंसकहरू – एन्ड्रोइड फोनहरू चाँडै Google ड्राइभमा ब्याकअप गर्न सक्षम हुनेछन्

फेब्रुअरी 2026 को लागि एन्ड्रोइडको स्थानीय अद्यावधिक प्रयोग गरी फाइल थप्नुहोस् ड्राइभयो एकतर्फी ब्याकअप हो, वा लाइभ सिंक हो वा होइन भन्ने स्पष्ट छैनiPhone...
HomeLatest newsजेनजी आन्दोलनमा क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माण कहिले ?

जेनजी आन्दोलनमा क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माण कहिले ?



२० माघ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण यसैवर्ष(२०८२)भित्रै सुरु गर्ने तयारी थालिएको छ । सरकारले भदौ २४ गते जलाइएका सिंहदरबार र सिंहदबार परिसरभित्र आगजनी र तोडफोड गरिएका संरचनाको पुनर्निर्माण यसैवर्ष भित्र सुरु गर्ने तयारी भइरहेको जनाएको छ ।

सिंहदरबारभित्रका भौतिक संरचनाको निर्माण र मर्मतसम्भार सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने गर्छ । सोही कार्यालयले पुनर्निर्माणको काम यसैवर्षभित्रै सुरु गर्ने तयारी रहेको जनाएको छ ।

हाल क्षति भएको सिंहदरबारको मूल भवन र परिसरमा रहेका अन्य संरचनामा भएको क्षतिको विस्तृत अध्ययन भइरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । अध्ययनको काम पुलचोक इन्जिनियरिङ कलेजले गरिरहेको छ । कलेजले यसै महिनाभित्रै प्रतिवेदन दिने भनिएको छ । लगत्तै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पुनर्निर्माणका लागि टेन्डर खोल्ने तयारी गरेको छ ।

सिंहदरबारको मूल भवनमा भएको आगजनीमा मात्रै झण्डै एक अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । जुन संरचनागत क्षतिको मात्रै अनुमान हो । पुरातात्विक महत्वका सम्पत्ति क्षतिको अझैसम्म मूल्यांकन हुन सकेको छैन ।

यस्तै आगजनीका क्रममा विभिन्न मित्र राष्ट्रसँग भएका सन्धि–सम्झौताका प्रतिलिपिहरू पनि जलेको अनुमान छ । क्षतिग्रस्त भवन जोखिमपूर्ण भएकाले त्यहाँ पसेरै सबै कुरा बुझ्नसक्ने अवस्था नरहेको सहरी विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

क्षतिग्रस्त मूल भवनमा इन्जिनियरहरूले ‘रातो स्टिकर’ टाँसेर अहिलेकै अवस्थामा उक्त भवन प्रयोग गर्न नसकिने जनाउ दिएका छन् । यद्यपि पुनर्निर्माण अथवा प्रबलीकरण के गर्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन ।





Read More