― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

HomeLatest newsजेनजी आन्दोलनमा काठमाडौंबाट पक्राउ परेका ७० प्रतिशत व्यक्तिको पृष्ठभूमि आपराधिक

जेनजी आन्दोलनमा काठमाडौंबाट पक्राउ परेका ७० प्रतिशत व्यक्तिको पृष्ठभूमि आपराधिक


राष्ट्रिय

समाचार.

  • जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजी आन्दोलनमा पक्राउ परेका ७० प्रतिशत व्यक्तिहरूको आपराधिक पृष्ठभूमि रहेको खुलाएको छ।
  • जेनजी आन्दोलनमा तोडफोड, आगजनी, लुटपाटमा संलग्न ३७५ जनालाई पक्राउ गरी १४१ वटा मुद्दा दर्ता गरिएको छ।
  • आन्दोलनमा बालबालिका पनि संलग्न रहेको र बैंक लुटपाटमा समेत नाबालक पक्राउ परेको परिसरले जनाएको छ।

१९ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्तिहरूको विगत केलाएको छ । विगत अध्ययन गर्दा पक्राउ परेका ७० प्रतिशत व्यक्तिहरूको पृष्ठभूमि आपराधिक देखिएको परिसर काठमाडौंको रिपोर्ट छ ।

जेनजी आन्दोलनपछि मंगलबारसम्म १५९ जना काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेकाहरूको विगतबारे प्रहरीले अध्ययन गर्दा ७० प्रतिशत व्यक्तिको आपराधिक पृष्ठभूमि देखिएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।

१०० जना पक्राउ गर्दा परिसरले उनीहरूको विगतबारे पनि अध्ययन गरेको थियो । त्यतिबेला ७० प्रतिशत अर्थात् ७० जनाको विगत आपराधिक देखिएको एसपी भट्टराई बताउँछन् ।

‘हामीले १०० जना पक्राउ परेपछि उनीहरूको विगत अध्ययन गरेका थियौं । त्यस क्रममा ७० प्रतिशतको आपराधिक पृष्ठभूमि देखियो,’ भट्टराईले अनलाइनखबरसँग भने ।

मंगलबारसम्म परिसरको हिरासतमा ८२ जना छन् । बाँकी भने केही तारेखमा छुटेका छन्, केहीको अदालतमा मुद्दा गएर आदेशसमेत भइसकेको छ ।

पक्राउ पर्नेहरूमा हत्यादेखि, चोरी, हातहतियार खरखजना, कर्तव्य ज्यान, आपराधिक उपद्रव, अभद्र व्यवहारसम्मका आरोपीहरू छन् ।

‘हामीले १०० जना पक्राउ परेपछि उनीहरूको विगत अध्ययन गरेका थियौं । त्यस क्रममा ७० प्रतिशतको आपराधिक पृष्ठभूमि देखियो।-पवनकुमार भट्टराई,एसपी,जिल्ला प्रहरी परिसर काठमाडौं

आन्दोलनको क्रममा महत्वपूर्ण प्रतिष्ठानदेखि व्यक्तिका निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी भएको थियो । उनीहरूलाई प्रहरीले धमाधम पक्राउ गरी कारबाही गर्दै आएको छ ।

पक्राउ पर्नेहरू चेक बाउन्सदेखि जघन्य अपराधमा मुद्दा चलेका व्यक्ति

परिसरले पक्राउ परेका व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गर्दा सामान्य अभद्रको कसुर, चेक बाउन्सदेखि ज्यान मार्ने उद्योगको कसुरमा रहेका व्यक्तिहरू आगजनी र तोडफोडमा संलग्न रहेको खुल्यो ।

कति त प्रहरी हिरासतमै रहेका बेला निस्केर आन्दोलन र आगजनीमा सामेल भएको देखियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर आगजनी गर्ने व्यक्ति नेकपा एमालेकै कार्यकर्ता तथा आपराधिक पृष्ठभूमिका व्यक्ति चक्रे मिलनसँग निकट व्यक्ति रहेको खुल्यो । आगजनीको आरोपमा पक्राउ परेका सोनाम थेबेको रेकर्ड पनि आपराधिक नै भेटियो ।

प्रहरी बर्दी खोल्न लगाउँदै खोलैखोला लखेट्ने गौतम घिसिङ चेक बाउन्सका अभियुक्त रहेको खुल्यो । अहिले घिसिङमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यसरी जल्यो संसद भवन (तस्वीरहरु) – KhabarHost

लागुऔषधको कसुरमा पक्राउ परेर हिरासतमा रहेका व्यक्ति नै निस्केर तोडफोड र आगजनीमा गरेको खुल्यो । यसरी आगजनी गर्ने व्यक्ति थिए, धरानका २१ वर्षीय सुरज राई । वृत्त गौशालामा रहेका उनले जेनजी आन्दोलनमा हिरासतबाट निस्केर गौशाला वृत्तमा आगजनी र तोडफोड गरे ।

वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका आपराधिक पृष्ठभूमि भएका अर्का व्यक्तिले त प्रहरीकै पेस्तोल खोसेर पड्काउँदै हिँडे । यी व्यक्ति हुन् नुवाकोटका समीर श्रेष्ठ ।

उनीबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउन्ड गोली पनि बरामद भयो । प्रहरीको पेस्तोल लुटेर गोली चलाउने समीर भने पटके कसुरदार हुन् । उनलाई यसअघि प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो । गत ६ भदौमा पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो ।

सिंहदरबारमा एसएलआर ताक्ने व्यक्तिमा त ज्यान मार्ने उद्योगसहित ८ वटा मुद्दा चलेको रेकर्ड नै भेटियो । एसएलआर ताक्ने ललितपुरका सम्राट भनिने राजु परियारविरुद्ध यसअघि ८ मुद्दा चलेको प्रमाण भेटिए । उनीविरुद्ध ज्यान मार्ने उद्योगसम्मका मुद्दा चलेका थिए ।

गंगामाया देउलाले उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी थिइन् । दुईवटा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका परियारविरुद्ध ठगीदेखि बैंकिङ कसुरको मुद्दा चलेको रेकर्ड पनि भेटियो ।

बालबालिकाको प्रयोग

जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको हत्यामा नाबालक पनि संलग्न रहेको पाइएको छ ।

हत्यामा संलग्न रहेको तस्वीर र भिडियोमा देखिएपछि दुई नाबालकविरुद्ध मुद्दा चलाइएको छ । महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा नाबालक पनि देखिएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

दुई नाबालकविरुद्ध ज्यानसम्बन्धी कसुर र आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

२४ भदौको जेनजी आन्दोलनमा राय र थापाका साथै प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत अमृत गुरुङको हत्या भएको थियो । प्रहरी हत्याम आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध यसअघि नै मुद्दा चलेको थियो । अहिले परिसरको हिरासतमा रहेकामध्ये चार जना महिला पनि छन् । केही बालबालिका पनि छन् ।

 हिरासतमा रहेकामध्ये सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका व्यक्ति रहेको परिसरले बताएको छ ।

कतिसम्म भने, बैंक लुट्नेसम्ममा पनि बालकको प्रयोग भएको देखिएको एसपी भट्टराई बताउँछन् । जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट भएको थियो ।

बैंकका ६१ कार्यालय क्षति, राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड – KhabarHost

यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । बैंकबाट १७ हजार ९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटियो । यो लुटपाटमा एक नाबालक पनि पक्राउ परे । उनको संलग्नता देखिएपछि पक्राउ गरेर मुद्दा चलाइएको एसपी भट्टराई बताउँछन् ।

उनीसहित दीपक श्रेष्ठविरुद्ध बैंक लुटपाटको आरोपमा मुद्दा चलाइएको थियो । जेनजी आन्दोलनपछि पनि माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले एकै दिन ७६ जनालाई नियन्त्रणमा लिएको थियो ।

७६ जना नियन्त्रणमा लिएका बेला १३ जना त नाबालक मात्रै रहेको एसपी भट्टराई बताउँछन् । यसले पछिल्लो समय प्रदर्शनहरूमा नाबालक संलग्न हुन थालेको देखिएको छ ।

३७५ जना पक्राउ

जेनजी आन्दोलनमा तोडफोड, आगजनी, लुटपाट गरेको आरोपमा अहिलेसम्म ३७५ जनालाई पक्राउ गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए ।

उनका अनुसार अहिलेसम्म ३७५ जनालाई पक्राउ गरिएको छ भने १४१ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी काठमाडौं उपत्यका २१८ जना पक्राउ परेका छन् । उपत्यकामा मात्रै ९८ वटा मुद्दा दायर भएका छन् ।

कोशी प्रदेशमा ३० जना, मधेशमा २१ जना, बागमतीमा ३३ जना, गण्डकीमा ३२ जना, लुम्बिनीमा २९ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध हातहतियार खरखजना, अभद्र व्यवहार, चोरी, कर्तव्य ज्यान, आपराधिक उपद्रव लगायतको मुद्दा चलाइएको छ ।





Read More