― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsजेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक च्यासलमा बस्दै

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक च्यासलमा बस्दै


फाइल तस्वीर



४ मंसिर, काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार यो सचिवालय बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ उनले भने ।

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बस्न लागेको हो । यसअघि एमालेका बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने गरेको थियो ।

च्यासलस्थित पार्टी कार्यालय हाल आंशिक सञ्चालनमा छ ।  संगठन विभाग र संसदीय दलको बैठक च्यासलमा बसिसकेको छ । ‘तर पार्टी सचिवालयको बैठक भने पहिलोपटक बस्न लागेको हो,’ गौतमले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More