― Advertisement ―

पिट सिजन २ फाइनलमा फ्यानहरूको लागि स्टोरमा कम्तिमा ‘एउटा वास्तविक आश्चर्य’ हुनेछ, ताराले पुष्टि गर्दछ – किनकि डा. रोबीको परिवर्तनले नराम्रो मोड लिन्छ।

यदि म हरेक पटक एपिसोड हेर्न बस्दा तनावमा नपरेको भए, म रोएको थिएँ द पिट सिजन २ सकिन लागेको छ। हाम्रो मनपर्ने ER को...
Homeराष्ट्रिय समाचारजेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री – KhabarHost

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री – KhabarHost



१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् ।

आइतबार बालुवाटारमा भएको सात प्रदेशका मुख्यमन्त्रीसँगको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिने उल्लेख गर्दै निर्वाचन र राजनीतिक दल एक अर्काका परिपूरक भएको जिकिर गरिन् ।

‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि चुनाव लड्न दल खोल्दै छन् । जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौं ।’

उनले केही जेनजीहरू बरालिएको र केही उग्र हुँदै गएको पनि जिकिर गरिन् ।

‘कोहीकोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ,’ उनले भनिन् ।

आफूसँग पनि कतिपय जेनजीहरू आएर चर्का कुरा गरेर जाने, कतिपय चाहीँ बाहिर गएर मनोमानी बोल्ने गरेको गुनासो गरिन् ।

‘कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँ भित्र ठिकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन् । सिक्दै छन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीलेभन्दा धेरै कुरा उनीहरूले जानेका छन् ।’

कतिपय कुरा लेख्दा, बोल्दा तलमाथि भएको भए पनि नियतमा खराब नभएको जिकिर गरिन् ।

‘तर, हाम्रो नियत खराब छैन । कसैले आशंका पाल्नुपर्ने कारण छैन। हामी तपाईँहरूसँग सहकार्य गरेर नै अघि बढ्ने हो । संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने हो । संविधानले बनाएका संरचनाको सम्मान गर्नु नै पर्छ,’ उनले भनिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More