― Advertisement ―

शीर्ष वर्डप्रेस स्लाइडर प्लगइन मालवेयर फैलाउन अपहरण गरियो – यहाँ के हेर्नु पर्छ

Smart plugin अपडेट गर्नुहोस् ब्याकडोरहरूमलिसियस संस्करण 3.5.1.35 800,000+ साइटहरूमा पुश गरियोनेक्स्टन्डवेबले क्लिन रिलीज गर्न रोलब्याक वा अपग्रेड गर्न आग्रह गर्दछयदि तपाईँले स्मार्टलिङ्क-डेटानालाईन प्रयोग गर्दै...
Homeराष्ट्रिय समाचारजेनजीका माग पूरा गर्न एक हप्ताका लागि भए पनि संसद् पुनर्स्थापना हुनुपर्छ...

जेनजीका माग पूरा गर्न एक हप्ताका लागि भए पनि संसद् पुनर्स्थापना हुनुपर्छ : भण्डारी – KhabarHost



१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेनजीका माग पूरा गर्न सकिने उनले दाबी गरे ।

भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेस सम्मिलित सरकार भएको बेला भएको जेनजी आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । कांग्रेस सहभागी सरकार भएको बेलामा जेनजीले गरेको तयारी र भदौ २४ को विध्वंसको ख्याल सरकारलाई नहुनुलाई उनले आश्चर्य व्यक्त गरे ।

भण्डारीले भने, ‘यसमा आफैंले लाज मानेका छैनौ यो सबैभन्दा ठूलो दुर्भाग्य हो ।’

नेकपा कालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा कांग्रेस त्यसको पक्षमा रहेर चुनावमा जानुपर्ने विचार राखेको पार्टी बैठकमा बताए ।

‘केपी ओलीले चुनाव गर्दा चुनावमा जाउँ भनें । शेरबहादुर देउवा सभापतिलाई सम्झायौं । तपाईंहरू सबैले घेरेको होइन ?,’ भण्डारीले भने । त्यतिबेला चुनाव हुँदा कम्युनिष्टहरू विभाजित रहेकाले बहुमत कांग्रेसको आउने दाबी उनले गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More