― Advertisement ―

Homeराष्ट्रिय समाचारजुवा खालबाट २६ जना पक्राउ, २ लाख ६२ हजार नगद बरामद –...

जुवा खालबाट २६ जना पक्राउ, २ लाख ६२ हजार नगद बरामद – KhabarHost


सांकेतिक फोटो



१४ कात्तिक, काठमाडौं । जुवातास खेलेको आरोपमा विभिन्न जिल्लाबाट २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ, महोत्तरी र झापा जिल्लाबाट प्रहरीले २६ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ लाख ६२ हजार ८०० रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वर मन्दिरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङ समेत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार रूपैयाँ र २६ थान कौडासहित पक्राउ गरेको हो ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका–४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमार समेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More