― Advertisement ―

HomeLatest newsजुम्लामा पनि हिमपात – KhabarHost

जुम्लामा पनि हिमपात – KhabarHost



१० माघ, जुम्ला । जुम्लामा हिमपात भएको छ । मध्यरातिदेखि हिमपात भएको हो । हिउँदे सिजन पुस महिनामै पानी परेर हिउँ पर्ने गर्दथ्यो  । यसपटकको हिमपात आज माघ  १० गते भएको छ ।

जुम्लामा अहिले हिउँ आईरहेको छ । हिउँ परेपछि किसान खुसी भएका छन् । हिउँदेवाली सुकिरहेको बेला हिउँ परेपछि बालीनालीका लागि राहात भएको छ । कनकासुन्दरी गाउँपालिका वडानम्बर-२ का किसान रतन रावतले हिउँ परेर हिउँदे बाली जोगिएको बताए । किसान गोपाल रोकायाले किसानका लागि यो हिउँ नभई चाँदी सरह रहेको बताए ।

जुम्लाको तापक्रम माईनस डिग्री छ । हिमपात हुँदा सामान्य जनजीवन प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको छ ।

-नेत्रशाहीबाट

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More