― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest news‘जुँगे हेडसर’ को मनपर्ने गन्तव्य भारदेउ, शताब्दी पुरानो घरमा होमस्टे

‘जुँगे हेडसर’ को मनपर्ने गन्तव्य भारदेउ, शताब्दी पुरानो घरमा होमस्टे


राष्ट्रिय

समाचार.

  • ललितपुरको भारदेउ गाउँलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार र युवाले सक्रिय भूमिका खेलेका छन्।
  • भारदेउमा धार्मिक पर्यटन विकास समितिले फूलचोकी डाँडामा त्रिमूर्ति निर्माण गरेको छ।
  • भारदेउमा १७ झ्याले होमस्टे, रेड हाउस, यल्लो हाउस होमस्टे र मिनी रिसोर्ट सञ्चालनमा छन्।

६ मंसिर, भारदेउ (ललितपुर) । काठमाडौं उपत्यकाभित्रको ‘कर्णाली’ उपनामले चिनिन्छ- कोन्ज्योसोम । तत्कालीन नेकपा माओवादी पार्टी शान्ति प्रक्रियामा फर्किएर चुनावमा होमिएसँगै यस गाउँपालिकामा माओवादी पार्टीले जित निकाल्न थाल्यो ।

त्यसपछि ‘जुँगे हेडसर’ र उनका नेता/कार्यकर्ताको आवागमन पनि बाक्लै हुन थाल्यो । जुँगे हेडसर अर्थात् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनको भूमिका अहिले नेपाली कम्युनिस्ट पार्टीका संयोजकका रूपमा छ ।

कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी गोपीलाल सिङ्तानका अनुसार यहाँ प्रचण्डलाई जुँगे हेडसरका नाममा चिन्छन् ।

काठमाडौं चक्रपथ (सातदोबाटो) बाट २२ किलोमिटर यात्रापछि पुगिन्छ ललितपुर भारदेउ । यो गाउँ कोन्ज्योसोम गाउँपालिका–५ मा पर्छ । जुँगे हेडसर र पार्टीका केन्द्रीयस्तरका अन्य नेताको बाक्लै आवागमनपछि यो ठाउँले सञ्चारमाध्यममा पनि स्थान पाउन थालेको छ ।

स्थानीय सरकार र पूर्वअध्यक्ष सिङ्तान स्वयं अहिले भारदेउलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सक्रिय भएका छन् । जसलाई स्थानीय युवाले खुलेर साथ दिएका छन् । फलस्वरूप भारदेउ यतिबेला पर्यटकीय गाउँका रूपमा स्थापित हुने क्रममा छ ।

भारदेउस्थित पर्यटकीय सम्भावना उजागर र प्रवर्द्धन गर्न धार्मिक पर्यटन विकास समिति गठन गरिएको छ । गाउँपालिकाको सहयोगमा समितिले फूलचोकी डाँडाकै सामुन्ने खडा फूलबारी डाँडामा भव्य त्रिमूर्ति निर्माण गरेको छ ।

त्रिमूर्ति क्षेत्र अहिले धार्मिक तथा साहसिक पर्यटक आकर्षणको केन्द्र बन्दैछ । रमाइलो डाँडाबाट पर्यटकले भगवानको दर्शनमात्र पाउँदैनन्, सामुन्ने टलक्क टल्कने हिमालको लामो शृङ्खला समेत अवलोकन गर्न सक्छन् ।

त्रिमूर्ति नजिकै गुप्तेश्वर मन्दिर र गुफा अवस्थित छ । गुफा यात्राले यात्रुलाई फरक अनुभूति दिन्छ । त्रिमूर्ति हिन्दु र बौद्ध धर्मावलम्बीबीच लोकप्रिय बन्दैछ ।

भारदेउ गाउँमा ८० प्रतिशतभन्दा बढी तामाङ जातीको बाहुल्य छ । त्यसबाहेक नेवार समुदाय छ । गाउँलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले युवाकै पहलमा अहिले होमस्टे सञ्चालनमा छन् ।

तीमध्ये सबैभन्दा आकर्षणको केन्द्र बनेको छ १ सय २७ वर्ष पुरानो घरमा सञ्चालित होमस्टे । यो घरमा १७ झ्याल छन् । सोहीकारण यस गाउँमा यो होमस्टेको पहिचान नै ‘१७ झ्याले होमस्टे’ रहेको छ ।

यसबाहेक भारदेउमा अहिले रेड हाउस, यल्लो हाउस होमस्टे र भारदेउ मिनी रिसोर्ट सञ्चालनमा छन् । पर्यटकीय गतिविधि बढेसँगै युवा होमस्टेमा आकर्षित भइरहेको वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष कुमार तामाङ बताउँछन् ।

‘हामी निकै आशावादी छौं,’ उनी भन्छन्, ‘भारदेउलाई माया गर्दै आउने आन्तरिक पर्यटक संख्याले उत्साहित बनाएको छ ।’

कसरी पुगिन्छ भारदेउ ?

फूलचोकी डाँडाको छेउमै उभिएको छ फुलबारी डाँडा । हाइकिङप्रेमी गोदावरीबाट पदयात्रा गर्दै भारदेउ पुग्न सक्छन् । एकदिनको पैदल यात्रामा सहजै भारदेउ गाउँ पुग्न सकिन्छ ।

फूलबारी डाँडा समुद्री सतहबाट २ हजार ५ सय ७५ मिटर उचाइमा छ । जसलाई स्थानीय रूपमा कोन्ज्योसोम डाँडाका नाममा समेत चिनिन्छ ।

सडक यात्राबाट सवारीसाधनमा जाने हो भने सातदोबाटोबाट करिब २२ किलोमिटर दूरीमा कोन्ज्योसोम गाउँपालिका–५ स्थित भारदेउ पुग्न सकिन्छ । गाडीबाट यात्रा गर्दा सातदोबाटोबाट डेढ घण्टाको यात्रामा यो गाउँ पुगिन्छ ।

सातदोबाटो–ढोलाहिटी–ठेचो–सुनाकोठी–चापागाउँ हुँदै यहाँ सडक सुविधा पुगेको छ । राजधानीको नजिक भए पनि पूर्णतया ग्रामीण भेगको झल्को दिने भारदेउ गाउँमा स्थानीय मौलिकता झल्कने घर, खेतपाती र पशुपालनमा रमाइरहेका स्थानीयको दैनिकीले अतित सम्झाउँछ भने साथमा होमस्टेमा खुलाउने रैथाने परिकार र साँझ अर्डर अनुसार पस्कने सांस्कृतिक कार्यक्रमले होमस्टे बसाइ विशेष बनाउँछ ।

अहिले पनि सार्वजनिक बिदा तथा शुक्रबार र शनिबार भारदेउमा पर्यटक आगमन बढेको छ । साइक्लिङ होस् वा बाइकमा यात्रा गर्दै समेत सहजै भारदेउ पुग्न सकिन्छ ।

भारदेउ पुग्ने पाहुनाको स्वागतमा स्थानीयले पस्कने स्थानीय ट्राउट माछा विशेष परिकारका रूपमा प्रख्यात छ । स्थानीय स्तरमा उत्पादन हुने आलुका परिकार अर्को रैथाने खानामा पर्छ । तोरी फुल्ने मौसम भएका कारण यतिबेला पर्यटकले तस्वीर र भिडियोका लागि आकर्षक स्थल फेला पार्न सक्छन् ।

फूलबारी डाँडाबाट हिमालमा सूर्यको पहिलो झल्को पर्दा देखिने सुनौलो दृष्यावलोकनका लागि भने घाम झुल्कन अगाडि नै डाँडामा पुग्ने पर्छ । भारदेउबाट कच्ची सडकको करिब ६/७ किलोमिटर दूरीको यात्रापछि डाँडामा पुग्न सकिन्छ ।

बाइक र साइकल सहजै पुग्ने यो डाँडासम्म पैदल यात्रामार्फत पुग्न भने डेढ घण्टा जति लाग्छ । ग्रामीण भेगमा यातायात सुविधा लिई यात्रु डाँडासम्म पुगी सूर्योदयमा रमाउन सक्छन् ।

भारदेउबाट फूलबारी डाँडासम्म पुग्न सकिने पदमार्गलाई तामाङ पदमार्ग नाम दिइएको छ । सोही पदयात्रामा पर्ने कोन्ज्योसोम झरना समेत यस गन्तव्यको आकर्षण हो ।

स्थानीय यतिबेला संस्कृतिलाई पर्यटनसँग जोड्न कस्सिएका छन् । तामाङ संस्कृति आफैंमा धनी छ । रैथाने खाना, लवाइखवाइलाई होमस्टेका माध्यमबाट पर्यटनसँग जोड्दै भाउदेउलाई आकर्षक गन्तव्य बनाउने योजनासाथ यहाँ विभिन्न अभियान चलाइएको छ । सोही क्रममा नेपाल पर्यटन बोर्डमा फोटो प्रदर्शनी तथा भिडियो प्रतियोगिताको तयारी समेत गरिएको छ ।

‘काठमाडौं उपत्यकाकै एक भेगमा पनि ग्रामीण अनुभूति दिलाउन सक्ने सीमित ठाउँमध्ये भारदेउ एउटा गाउँ हो,’ बोर्डका सहायक प्रवक्ता सुधन सुवेदी भन्छन् ।

प्रवर्द्धन अभावले अपेक्षित पाहुना पुग्न नसकेको स्थानीयको गुनासो सम्बोधन गर्न बोर्डले यस वर्ष बजेट नै विनियोजन गरेर सहयोग गरेको छ । भाउदेउमा वैशाख पूर्णिमा र शिवरात्रिका दिन मेला लाग्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More