― Advertisement ―

HomeLatest newsजिल्लास्तरीय स्नूकरको फाइनलमा अजय र रुकु भिड्ने – KhabarHost

जिल्लास्तरीय स्नूकरको फाइनलमा अजय र रुकु भिड्ने – KhabarHost


राष्ट्रिय

समाचार.

  • बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको फाइनलमा अजय सुनार र रुकु खान पुगेका छन्।
  • प्रतियोगितामा १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् र फाइनल खेल पुस २१ गते हुनेछ।
  • विजेताले एक लाख, उपविजेताले ५० हजार र उच्च स्कोररले २० हजार पुरस्कार पाउनेछन्।

२० पुस,बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको फाइनलमा अजय सुनार र रुकु खान पुगेका छन् ।

बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ नाइनका आधारमा भएका खेलमा कुडल श्रेष्ठलाई पराजित गर्दै रुकु खान र कशिश क्षेत्रीलाई पराजित गर्दै अजय सुनार फाइनल प्रवेश गरेका हुन् ।

नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका खेल संयोजक विजय गुरुङले बताए ।

पुस २१ गते सोमबार फाइनल खेल हुने छ । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा उच्च स्कोररले २० हजार, उदीयमान खेलाडी र अनुशासित खेलाडीले ५-५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।

प्रतियोगितालाई बुटवल उपमहानगरपालिका, उद्योगी चुन्नु पौडेल, कमलजंग कुंवर लगायतले आर्थिक सहयोग गरेका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

सोमबार साँझ साढे ५ बजे हुने समापन समारोहमा विजेता, उपविजेता र अन्य विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More