― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsजिल्लास्तरीय स्नूकरको उपाधि अजयलाई – KhabarHost

जिल्लास्तरीय स्नूकरको उपाधि अजयलाई – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल बिलियर्डस् पुल तथा स्नूकर संघ रुपन्देहीले आयोजना गरेको नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको उपाधि अजय सुनारले जितेका छन्।
  • अजयले फाइनल खेलमा रुकु खानलाई ५–१ ले पराजित गर्दै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
  • बुटवल उपमहानगरपालिकाले स्नूकर खेलको विकासका लागि कभर्ड हल बनाइदिने प्रतिवद्धता व्यक्त गरेको छ।

२१ पुस, बुटवल । नेपाल बिलियर्डस् पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको उपाधि अजय सुनारले जितेका छन् ।

बुटवलस्थित खस्यौली स्नूकर क्लबमा सोमबार सम्पन्न फाइनल खेलमा रुकु खानलाई बेस्ट अफ नाइनमा ५–१ ले पराजित गर्दै अजयले उपाधि जितेका हुन् । उपाधिसँगै उनले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । उपविजेता रुकुले नगद ५० हजार पाएका छन् । स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यसपटकको पुरस्कार राशी रुपन्देहीमा हालसम्मकै सर्वाधिक हो ।

एक हप्तासम्म सञ्चालन भएको प्रतियोगितामा रोहितमान जोशी राइजिङ प्लेयर र सौरभ श्रेष्ठ अनुशासित खेलाडी भए । उनीहरूले नगद ५/५ हजार र स्नूकर स्टिक प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सोमबार नै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा स्नूकर खेलको विकासमा योगदान दिएवापत चिरन्जिवी जोशी,बुटवल नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया, निर्णायक दिवस राना र पत्रकार प्रदीप आचार्यलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्नूकर खेलको विकासका लागि उपमहानगरले कभर्ड हल बनाइदिने प्रतिवद्धता व्यक्त गर्दै जग्गा खोजीमा लाग्न संघलाई आग्रह गरे ।

संघका अध्यक्ष सुजन पुनले रुपन्देही जिल्ला स्नूकर खेलमा देशभरमै अग्रणी स्थानमा आउन सफल भएको अध्यक्ष पुनले बताए ।





Read More