― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsजापानको चुनावमा ‘दोहोरो थर’ को मुद्दा ओझेलमा – KhabarHost

जापानको चुनावमा ‘दोहोरो थर’ को मुद्दा ओझेलमा – KhabarHost



२३ माघ, काठमाडौं । फेब्रुअरी ८ मा हुने जापानको आम निर्वाचनको प्रचारप्रसारमा विवाहित दम्पतीका लागि ‘दोहोरो थर’ राख्न पाउने कानुनी व्यवस्थाको एजेन्डा यस पटक ओझेलमा परेको छ।

जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले यस मुद्दामा बोल्न छाडेकी छिन्। अनुदारवादी मतदाताहरूको विरोधका कारण उनले यसलाई आफ्नो प्राथमिकतामा राखेकी छैनन्।

हालको चुनावमा महँगी नियन्त्रण गर्न ल्याइएको ‘सानाइनोमिक्स’ प्याकेज र देशको सैन्य क्षमता बढाउने विषयले बढी चर्चा पाएको छ।

विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ ले दोहोरो थरको समर्थन गरे तापनि उनीहरूले अहिले सत्ताधारी दलको भ्रष्टाचार र राजनीतिक कोषको काण्डलाई मुख्य मुद्दा बनाएका छन्।

जापानमा हालको कानुन अनुसार विवाहित दम्पतीले एउटै थर राख्नुपर्ने अनिवार्य व्यवस्था छ। विशेषगरी महिलाहरूले लामो समयदेखि यसको विरुद्धमा आवाज उठाउँदै आएका छन्।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More