राष्ट्रिय
समाचार.
- नेकपा एमाले जाजरकोटबाट खुला, महिला, दलित र युवा तर्फ सबै महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन्।
- खुला तर्फ लालबहादुर महतारा, करबिर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह निर्विरोध भएका छन्।
- महिला तर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा निर्विरोध प्रतिनिधि चुनिएका छन् भने दलित र युवा तर्फ पनि प्रतिनिधि चयन भएका छन्।
१३ असोज, काठमाडौ । नेकपा एमाले जाजरकोटबाट सबै महाधिवेशन प्रतिनिधि निर्विरोध भएका छन् ।
खुलातर्फ लालबहादुर महतारा, करबिर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह निर्विरोध भएका छन् ।
३२ वर्षे उमेर हद लगाइएकाले अनेरास्ववियुका पूर्व उपाध्यक्ष नारायण घर्ती भूगोलको राजनीतिमा फर्किएका थिए । उनी सहितका नेताहरु खुला तर्फ निर्विरोध भएका छन् ।
महिला तर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा निर्विरोध प्रतिनिधि चुनिएका छन् । दलित तर्फ गोपाल नेपाली, नवेन्द्र नेपाली र कौशिला कामी चयन भएकी छन् ।
युवा तर्फ विश्व विक्रम शाह निर्विरोध भए ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

