― Advertisement ―

आइतबार, अप्रिल १२ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #770)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ टाइमजोन जुन रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsजाजरकोटबाट महेन्द्र शाहसहित कांग्रेसका ५ उम्मेदवार सिफारिस

जाजरकोटबाट महेन्द्र शाहसहित कांग्रेसका ५ उम्मेदवार सिफारिस



२५ मंसिर, सुर्खेत । नेपाली कांग्रेस जाजरकोटले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ युवा नेता महेन्द्र शाहसहित पाँच उम्मेदवार सिफारिस गरेको छ ।

जिल्ला कमिटीको बिहीबार बसेको बैठकमा एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि आकांक्षी ५ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ सिफारिस भएकाहरूमा युवा नेता शाह, खड्ग बहादुर बुढा,  मैना कार्की, मुक्ति प्रसाद आचार्य र रामजंग शाह रहेका छन् ।

मैना कार्की निवर्तमान समानुपातिक सांसद हुन् । सिफारिस भएका अरू नेताहरू भने फ्रेस अनुहार भएको काँग्रेस जाजरकोटका सहसचिव एवं प्रवक्ता छवि पन्तले जानकारी दिए ।

प्रवक्ता पन्तका अनुसार प्रतिनिधि सभा समानुपातिक तर्फ पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । जसमा रामछाया शाही, हजारी नेपाली बादी, भूमिलाल रोकाय, जनक बादी  र विष्णु गिरी रहेका छन् ।

आजको जिल्ला कमिटीको बैठकले राष्ट्रिय सभा सदस्यका लागि काँग्रेसका पुराना नेता दिपकजंग शाह, खम्बजंग शाह र गीता शाहीलाई सिफारिस गरिएको पन्तले बताए ।

हाल कुनै पनि बहालवाला पदमा रहेका नेताको नाम सिफारिस गर्न नपाउने काँग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार केही सिनियर नेताहरूको नाम भने सिफारिस गरिएको छैन । जसमा हाल प्रदेश सभा सदस्य रहेका राजीव विक्रम शाह र बेदराज सिंहको नाम पठाइएको छैन ।

शाह कर्णाली प्रदेश सरकारको आर्थिक मामिला योजना मन्त्री छन् भने सिंह सांसद छन् । तसर्थ दुवै नेताहरूको नाम उम्मेदवार सिफारिस नगरिएको प्रवक्ता पन्तले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More