― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeराष्ट्रिय समाचारजाँचबुझ आयोगले आईजीपी खापुङसँग सोध्यो स्पष्टीकरण

जाँचबुझ आयोगले आईजीपी खापुङसँग सोध्यो स्पष्टीकरण



१९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले बुधबार आईजीपी खापुङलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको छ ।

मागको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले ‘तपाईंलाई किन कारवाहीको सिफारिस नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो ।

प्रहरी महानिरीक्षक खापुङको कार्यकाल आगामी साता सकिँदैछ ।

जाँचबुझ आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो ।

जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएको थियो ।





Read More