― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsजाँचबुझ आयोगमा रविको बयान- जेलबाट निस्कँदा जेलरलाई भेटिनँ, पत्रबारे थाहा छैन

जाँचबुझ आयोगमा रविको बयान- जेलबाट निस्कँदा जेलरलाई भेटिनँ, पत्रबारे थाहा छैन



१९ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले आफू कारागारबाट बाहिर निस्कनासाथ सार्वजनिक भएको पत्रबारेमा आफूलाई केही थाहा नभएको बयान दिएका छन् ।

जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा पुगेका उनले सबैतिर भीडभाड र हुलदंगा भएपनि कारागारकै सुरक्षाकर्मी र कर्मचारीले आफूलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएको बयानका क्रममा बताएका छन् ।

कारागारबाट बाहिर निस्कने बेलासम्म आफूलाई पत्रबारेमा कुनै जानकारी नभएको भन्दै उनले पछिमात्रै त्यसबारे जानकारी पाएको जिकिर समेत गरे ।

‘कारागार प्रशासनले नै मलाई परिवार र रास्वपा नेताहरूको जिम्मा लगाएर छाडेको हो’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँले आफू निस्कने बेलामा जेलरलाई नभेटेको भन्दै त्यस्तो अवस्थामा अरु केही पनि थाहा नभएको बयान दिनुभएको छ ।’

जाँचबुझ आयोगले नख्खु कारागारका जेलसँग पनि सोधपुछ गरेको थियो । सो क्रममा उनले जाँचबुझ आयोगका सदस्यहरूसँग ‘आदेश’ आएपछि पत्र बनाएको बताएको स्रोतले बताएको छ ।

तर, उनले क–कसको आदेश आएको भन्नेचाहीँ बयानका क्रममा खुलाएका थिएनन् ।

जेनजी आन्दोलनको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कार्यकर्ताहरू नख्खु कारागार गएर त्यहाँ रहेका सभापति रवि लामिछानेलाई बाहिर निकालेका थिए ।

त्यसक्रममा जेलरले तयार पारेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More