― Advertisement ―

Heartstopper Forever सँग नयाँ Netflix चलचित्रमा एक शानदार अप्रत्याशित द ओडिसी इस्टर एग छ – र यो मात्र होइन कि तिनीहरू दुबैको रिलीज मिति...

Spoilers for Heartstopper Forever अगाडि। चलचित्र मन पराउने जो कोहीको लागि जुलाई १७ एक उत्कृष्ट दिन थियो। हामीले क्रिस्टोफर नोलानको महाकाव्य The Odyssey, तर Netflix...
HomeLatest newsजाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार – KhabarHost

जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेन–जी आन्दोलनमा भएको दमन र आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले नख्खु कारागार पुगेर पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ।
  • लामिछानेलाई सहकारी ठगी आरोपमा थुनामा राखिएको थियो र भदौ २४ मा उनी नख्खु कारागारबाट थुनामुक्त भएका थिए।
  • आयोगले कारागार निरीक्षण गरी कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको र प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न सर्कुलर जारी गरिएको छ।

१७ कात्तिक, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

आयोगको टोली सोमबार नख्खु कारागार पुगेर थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको हो ।

आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको हो ।  आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने कारागारबाट बाहिर निस्किएका थिए । उनी निस्किएपछि अरू कैदीबन्दीहरू पनि कारागारबाट बाहिर निस्किएको आरोप लागेको छ ।

तर रवि लामिछाने र उनी आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले नख्खु कारागारका जेलर सत्यराज जोशीको जारी गरेको पत्रका आधारमा लामिछाने थुनामुक्त भएको दाबी गरेका थिए । नख्खुका जेलर जोशीसँग सोधपुछ गरेको भोलिपल्ट आयोगले थुनामा रहेका लामिछानेसँग सोधपुछ गरेको हो ।

बुटबलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालीमा ल्याएर सहकारी ठगी गरेको आरोपमा लामिछाने थुनामा परेका छन् । भैरहवा कारागारमा रहेका उनलाई केही महिनाअघि नख्खुमा ल्याइएको हो । उनी नख्खुमै रहेका बेला भएको हुलदंगापछि उनी भदौ २४ मा कारागारबाट बाहिर निस्किएका थिए ।

‘आयोगका पदाधिकारीहरू सहितको टोलीले भदौ २४ गते नख्खु कारागारको समग्र अवस्थाबारे सोधपुछ गर्नुका साथै वस्तुस्थिति अध्ययन गरेर फर्कियो’ आयोग सम्वद्ध स्रोतले भन्यो, ‘लामिछाने बाहेक अरु कैदीबन्दीहरूसँग पनि कुराकानी भएको थियो । त्यसमा पनि नाईके र भाइनाइकेहरूले विस्तृत कुराकानी गरेका थिए ।

सोधपुछका क्रममा लामिछाने थुनाबाहिर निस्कनुपर्दाको अवस्था, जेलरको नाममा जारी भएको पत्र, त्यसपछि उनी जेलबाहिर जाँदाको परिस्थितिदेखि अरू विषयमा छलफल भएको स्रमेतले बतायो । कारागारसम्वद्ध स्रोतले भन्यो, ‘त्यसक्रममा उहाँले आयोगको टोली समक्ष आफ्नो कुरा राख्नुभएको थियो ।’

गतसाता उपत्यका बाहिर रहेको जाँचबुझ आयोगका पदाधिकारीहरू विभिन्न ठाँउको सूचना संकलन गरी काठमाडौं फर्किएका थिए । आइतबारदेखि आयोग काठमाडौंका घटनामा केन्द्रित हुन थालेको हो ।

आइतबार मात्रै आयोगले प्रहरी मुख्यालयमा पत्र पठाएको थियो, जसका आधारमा हेडक्वार्टरले भदौं २३ र २४ गते जिम्मेवारीमा रहेका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न सर्कुलर जारी गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More