― Advertisement ―

यो उत्कृष्ट मूल्य Chromebook मा काम र दैनिक प्रयोगका लागि $250 मुनिका लागि आवश्यक पर्ने सबै कुराहरू छन्

Chromebooks ले पूर्ण रूपमा विकसित विन्डोज वा macOS ल्यापटप नचाहिने प्रयोगकर्ताहरूका लागि उत्कृष्ट मूल्य प्रदान गर्दछ। तिनीहरू पोर्टेबल छन्, प्रयोग गर्न सरल छन्, र...
HomeLatest news‘जहाज उडिसक्यो, सुरक्षित ल्यान्ड बाँकी’ – KhabarHost

‘जहाज उडिसक्यो, सुरक्षित ल्यान्ड बाँकी’ – KhabarHost



१२ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधसभा निर्वाचनको तयारी गर्न जिल्ला निर्वाचन कार्यालयलाई पनि भ्याइनभ्याइ छ । सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जिल्ला निर्वाचन कार्यालयले उत्साहका साथ व्यवस्थापनको काम गरिरहेको छ ।

वर्षभरि नै मतदाता नामवली संकलन, मतदाता शिक्षा, निर्वाचन शिक्षा, मतदान केन्द्रको नियमित अध्यावधिकको काम भइरहेको हुन्छ । तर अहिले कार्यालयहरू आगामी २१ फागुनलाई आधार मानेर निर्वाचनको तयारीमा जुटेको छ ।

‘प्रत्येक दिनको क्यालेन्डरलाई मेन्टेन गर्दै आफ्ना कामहरू सक्दै २१ फागुनको तयारीमा लागिरहेका छौं,’ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने ।

कार्यालयले के–के काम सक्यो ?

निर्वाचन अधिकारी भट्टराईका अनुसार मतदाता नामावलीलाई तयारी अवस्थामा राखिएको छ ।

‘मतदाता नामावलीलाई तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । नामावली प्रकाशन गर्ने, दाबी विरोधको प्रक्रियामा लैजाने काम सकेका छौँ । निर्वाचन आयोगबाट मतदाता नामावली छपाइको काम सकेर उपलब्ध हुने प्रक्रियामा छ । एक प्रति भने निर्वाचन अधिकृत कार्यालयलाई उपलब्ध गराइसकेका छौं,’ उनले भने, ‘उम्मेदवारलाई चुनाव चिह्न प्रदान भइसकेको छ ।’

मतदान केन्द्रहरूको अवलोकन गर्ने काम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भइरहेको छ । जिल्ला सुरक्षा समिति, निर्वाचन सुरक्षा समितिले सुरक्षा योजना बनाउने र अवलोकन गर्ने काम गरिरहेको छ ।

आवश्यक पर्ने निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको छ ।

‘जनशक्ति व्यवस्थापनको तयारी गर्छौं । यसपटक निर्वाचनलाई अत्यन्त मितव्ययी बनाउने काम गरिरहेका छौं । मौज्दात भएका सामग्रीहरू मौज्दातबाट चलाउने, पुराना सामग्री पुनः प्रयोग गर्ने र खरिद गर्नुपर्ने सामग्री सरकारी निकायसँगै जी टू जी गरेर अत्यन्त सुपथ मूल्यमा लिन्छौं,’ उनले भने ।

मतदान केन्द्रमा खटाउने जनशक्तिका लागि पनि विवरण लिने काम कार्यालयले गरिरहेको छ ।

‘समानुपातिक निर्वाचनको लागि मतदान केन्द्रमा खटाउने प्रयोजनको लागि जनशक्ति विवरण माग गरेका छौं । समानुपातिक मतदान गर्ने प्रयोजनको लागि फेरि छुट्टै विवरण मागेर पठाएका छौं,’ भट्टराईले भने ।

मतदान केन्द्रहरूको अवलोकन गर्ने काम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भइरहेको छ । जिल्ला सुरक्षा समिति, निर्वाचन सुरक्षा समितिले सुरक्षा योजना बनाउने र अवलोकन गर्ने काम गरिरहेको छ ।

उनका अनुसार जिल्ला आचारसंहिता अनुगमन समितिले आचारसंहिता पालना भए-नभएको अनुगमन गरिरहेको छ । मुख्य निर्वाचन अधिकृत अर्थात् जिल्ला न्यायाधीशका संयोजकत्वमा समिति बनेको छ ।

‘आचारसंहिता पालनामा निर्वाचन आयोगले क्रमश: कडाइ गर्दै लगेको अवस्था छ । पालना गर्ने क्रम पनि बढ्दो अवस्थामा छ । पालना गर्न उम्मेदवार र राजनीतिक दलबाट सहयोग हुँदै आइरहेको छ,’ भट्टराईले भने ।

निर्वाचन आयोगले घोषणा गरेको ४ माघ रातिदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लाग्छ ।

उम्मेदवारहरूले प्रचारप्रसार गर्ने दिन आयोगले तोकेको हुन्छ । ‘मतदान हुनेभन्दा १७ दिन अगाडि प्रचारप्रसार गर्न भनेको छ । १७ दिन अगाडिभन्दा दुई दिन त मौन अवधि परिहाल्छ । बाँकी रह्यो १५ दिन,’ भट्टराईले भने, ‘आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्नसम्म सक्ने व्यवस्था छ ।’

साढे सात हजार कर्मचारी आवश्यक

काठमाडौंका १० वटा क्षेत्रमा चुनाव गराउन साढे ७ हजार बढी कर्मचारी आवश्यक रहेको छ । ‘साढे सात हजारभन्दा बढी कर्मचारी आवश्यकता पर्छ भने त्यसलाई सुरक्षा गर्नको लागि त्यो भन्दा ठूलो संख्यामा सुरक्षाकर्मीहरू पनि परिचालित हुनुहुन्छ । यसरी चरण-चरणमा योजनाहरू बनाएर काम गर्दै गइरहेको अवस्था छ,’ उनले भने ।

२५० जना उम्मेदवारका लागि मतदान गर्नेको संख्या ७ लाख १० हजार ७०८ छ । ३२० वटा मतदानस्थल र ८१७ मतदान केन्द्र तोकिएको छ ।

सुरक्षाको राम्रो प्रबन्ध गरिएको भट्टराईले बताए । ‘विगतमा एकदम राम्रोसँग निर्वाचन भएको छ । अहिले विशेष परिस्थितिमा निर्वाचन हुन लागेको छ । निर्वाचनको जहाज उडिसक्यो । यसलाई सुरक्षित ल्यान्ड गर्न मात्रै बाँकी छ । सुरक्षित ल्यान्ड गर्नैपर्छ,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भययुक्त वातावरणमा हुन्छ ।’

२५० उम्मेदार प्रतिस्पर्धामा

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५० उम्मेदार छन् । क्षेत्र नम्बर १ मा २९, २ मा २८, ३ मा २२, ४ मा २८, ५ मा २५, ६ मा २०, ७ मा २७, ८ मा २२, ९ मा २४ र १० मा २५ गरी २५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । माघ ६ गते मनोनयको दिन १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दिएका थिए । यीमध्ये ४ जनाले फिर्ता लिएका छन् ।

७ लाख १० हजार मतदाता, ८१७ केन्द्र

२५० जना उम्मेदवारका लागि मतदान गर्नेको संख्या ७ लाख १० हजार ७०८ छ । ३२० वटा मतदानस्थल र ८१७ मतदान केन्द्र तोकिएको छ ।

क्षेत्र नम्बर १ मा ४८ हजार ४८९ मतदाता छन् । जहाँ २२ वटा मतदानस्थल र ५७ वटा केन्द्र तोकिएको छ । क्षेत्र नम्बर २ मा ८८ हजार ७०८ मतदाता छन् । जहाँ ४० मतदानस्थल १०० वटा केन्द्र छन् ।६४ हजार ४७९ मतदाता रहेको क्षेत्र नम्बर ३ मा २९ मतदानस्थल र ७२ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ४ मा ७६ हजार १४१ मतदाता हुँदा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् ।

क्षेत्र नम्बर ५ मा ७८ हजार ११४ मतदात छन् भने ३१ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ६ मा ६७ हजार ७५९ मतदाता रहँदा ३२ मतदानस्थल ७९ केन्द्र छन् ।६७ हजार ४११ मतदाता रहेको क्षेत्र नम्बर ७ मा २९ मतदानस्थल र ७८ केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ८ मा ५७ हजार ८११ मतदाता छन् । जहाँ २३ मतदानस्थल र ६५ मतदान केन्द्र छन् ।

यस्तै क्षेत्र नम्बर ९ मा ७८ हजार ४९५ मतदाता छन् । सो क्षेत्रमा ३४ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १० मा ८३ हजार ३०१ मतदाता छन् । जहाँ ४७ वटा मतदानस्थल र ९८ मतदान केन्द्र छन् ।

तस्वीर/भिडियो : कमल प्रसाईं

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More