― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsछुट्टै सम्झौता खोजेका जेनजीलाई रविले भने- धेरै बलियो भयौं, प्रतिपक्षी बन्दिनू

छुट्टै सम्झौता खोजेका जेनजीलाई रविले भने- धेरै बलियो भयौं, प्रतिपक्षी बन्दिनू



१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच सहमति भएसँगै जेनजीले पनि आफूहरूसँग छुट्टै सम्झौता गर्नुपर्ने माग राखेका छन् ।

सोमबार साँझ कमलपोखरीमा रास्वपा र उनेपाबीच भएको सहमतिकै क्रममा जेनजीले आफूहरूसँग पनि छुट्टै सहमति गरिनुपर्ने र त्यसपछि मात्र जेनजी रास्वपामा जोडिने सर्त राखेका हुन् ।

छलफलमा सहभागी एक जेनजी अगुवाका अनुसार जसरी बालेन र उनेपासँग रास्वपाले सहमति गर्यो त्यसरी नै आफूहरूसँग सहमति गरेर समेट्नुपर्ने कुरा उठाएका हुन् ।

‘उहाँहरूसँग जसरी सहमति भयो, हामीलाई पनि त्यही प्रक्रियाबाट समेट्नुपर्छ । हाम्रा पनि केही कुरा छन्,’ छलफलमा सहभागी जेनजी उपार्जुन चाम्लिङ राई भन्छन्, ‘सरकारसँग भएका सम्झौताका कुरालाई पार्टीले अपनत्व लिन्छ भन्नेमा ढुक्क गर्नुपर्छ । अनि मात्र जेनजी यस पार्टीमा जोडिन्छौँ भनेर हामीले भन्यौं ।’

यसरी जेनजीहरूले कुरा राखेपछि रास्वपा सभापति रवि लामिछानेले त्यसमा कुनै आपत्ति नभएको बताए । जेनजीहरूलाई पनि आफूले समेट्ने कुरामा आश्वस्त पारे ।

यो भन्दै गर्दा निकै उत्साही देखिएका लामिछानेले जेनजीसँग भने, ‘जोड्ने कुरामा कुनै आपत्ति नै भएन । हामी सँगै छौं । बरु अब जेनजीबाट पनि एउटा खबरदारी समूह बाहिरै चाहिन्छ ।’

यसबारे थप स्पष्ट पार्दै लामिछानेले थपे, ‘अब त हामी यति बलियो भयौं कि प्रतिपक्षी नै नरहने भयो । प्रतिपक्षी त जसरी पनि चाहिन्छ । हामी यति बलियो हुँदा प्रतिपक्षी कमजोर भयो भने गाह्रो हुन्छ । यसको लागि जेनजीका केही समूह सडकमा खबरदारीको लागि रहनुपर्छ ।’

लामिछानेले जेनजीबाट संसद बन्न उमेरले छेक्नेहरूलाई संकेत गर्दै खबरदारी समूह बनाएर सडकमा रहन भनेको छलफलमा सहभागी जेनजी राईले बताए ।

यसको जवाफमा जेनजी अगुवा रिजन राना मगरले ‘ढुक्क रहनुस्, कुनै हालतमा प्रतिपक्षी कमजोर हुँदैन । तपाईंले सोचेभन्दा बलियो प्रतिपक्षी पाउनुहुन्छ’ भनेर जवाफ दिएको जेनजी राईले बताए ।

यसबाहेक जेनजी अगुवा रक्षा बमको जिज्ञासामा लामिछानेले आफू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सधैँ प्रतिवद्ध रहेको बताए । र, जेनजी आन्दोलनले नै आफूहरूलाई एक ठाउँमा ल्याएको स्वीकार्दै सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताको आधारमा पार्टीले सहमति गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘तपाईंहरूलाई एक ठाउँमा ल्याउने काम हामीले गरेका हौं । जुन सरकारसँगको दश बुँदे सहमति भयो, त्यसको आधारमा हामीसँग पनि सम्झौता गर्नुपर्छ,’ भन्ने जेनजीको सरोकारमा लामिछानेले भने, ‘त्यही दश बुँदे र जेनजी आन्दोलनको मर्मलाई बोक्नेगरी सहमति हुन्छ । यसमा ढुक्क रहनुस् ।’

योसँगै अब जेनजी फ्रन्ट, द काउन्सिल अफ जेनजी र जेनजी मुभमेन्ट अलायन्सले संयूक्त वार्ता टोली बनाएर ड्राफ्टमा काम गर्नेछन् ।

र, त्यसमै टेकेर रास्वपासँग छिट्टै सम्झौता गरिने जेनजी अगुवाहरूले अनलाइनखबरसँग बताए । यसको लागि रास्वपा पनि सकारात्मक रहेको उनीहरूको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More