― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsचेकिङ छलेर चालकले भगाए कार, प्रहरी जवानको टाउकोमा १८ टाँका

चेकिङ छलेर चालकले भगाए कार, प्रहरी जवानको टाउकोमा १८ टाँका


राष्ट्रिय

समाचार.

  • चितवनबाट हेटौंडातर्फ आउँदै गरेको कारले ट्राफिक प्रहरी जवान विजयप्रताप साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका छन्।
  • घटनास्थल हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बिहीबार साँझ करिब ७ बजेर ४५ मिनेटमा भएको थियो।
  • प्रहरीले फरार कारचालकलाई चितवनबाट नियन्त्रणमा लिएको र चालकले मापसे जाँच छलेर भागेको पाइएको छ।

१८ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बिहीबार साँझ मापसे जाँचको क्रममा एक ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. ६च ८४०९ नम्बरको कारले प्रहरी चेकिङ छलेर भाग्दा प्रहरी जवानलाई ठक्कर दिएको थियो ।

बारा जिल्ला घर भई जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कार्यरत विजयप्रताप साह गम्भीर घाइते भएका हुन् । हेटौंडा अस्पतालमा उनको उपचार भइरहेको छ । अस्पतालका चिकित्सकले साहको टाउकोमा १८ टाँका लगाइएको, घुँडा र मुखमा सामान्य चोट रहेको बताएका छन् ।

घटना बिहीबार साँझ करिब ७ बजेर ४५ मिनेटमा भएको हो । हेटौंडा उपमहानगरपालिका–३ लेवटमा सोही साँझ एक सवारीसाधनले स्थानीय प्रकाश दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । पैदलयात्रामा रहेका दाहाललाई ठक्कर दिएलगत्तै सवारीसाधन लिएर चालक फरार भएका थिए ।

सो सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले सडकमा सवारीसाधनहरू रोक्दै विशेष चेकिङ गरिरहेको थियो । सोही क्रममा चितवनबाट हुकिँदै आएको कार मादक पदार्थ सेवन (मापसे) जाँचका लागि ट्राफिक प्रहरी कार्यालय अगाडि रोकियो । मापसे जाँचका लागि प्रहरी जवान साहले चालकको मुखतर्फ मेसिन लैजान हात बढाउने बित्तिकै चालक कार लिएर हेटौंडा बजारतर्फ भागेका थिए ।

चालकले कारको सिसा लक गर्दै भागेपछि प्रहरी जवान साहको हात च्यापिएको थियो । उनी करिब पाँच मिटरसम्म घिसारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलले अनलाइनखबरलाई बताए ।

घटनापछि फरार कारलाई आज प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको छ । कारचालक प्रहरीको चेकिङ छलेर बिहीबार राति नै चितवन फर्किएको पाइएको पौडेलले बताए ।





Read More