― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsचुनाव सार्ने काम नगर्न प्रधानमन्त्रीलाई कांग्रेस नेता सिटौलाको आग्रह

चुनाव सार्ने काम नगर्न प्रधानमन्त्रीलाई कांग्रेस नेता सिटौलाको आग्रह


फाइल तस्वीर



२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् ।

कांग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराए ।

गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसको निदानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

नेता सिटौलाले मुलुकलाई संकटबाट निकास दिन सबै राजनीतिक दलहरू मिलेर नयाँ समझदारीका साथ अघि बढनुपर्ने आवश्यकता रहेको बताए ।

‘प्रधानमन्त्रीलाई मैले भनेको छु निर्वाचन गराउन सफल हुनुहोस् । निर्वाचन सार्ने कुरा नगर्नुहोला । निर्वाचन टार्ने कसैले तपाईंलाई सुझाव दियो भने नमान्नुहोला भनेर मैले सुझाव दिएको छु,’ उनले भने ।

२१ फागुनको निर्वाचनलाई कसरी सफल बनाउने भन्ने चुनौती प्रधानमन्त्री समक्ष रहेकोभन्दै उनले सबैले समझदारी गरेर मुलुकलाई संकटबाट निकास दिनुपर्ने उनले बताए ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More