८ मंसिर, काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको छ ।
यसो हुँदा खर्च पादरर्शी र व्यवस्थित हुने सो पार्टीको विश्वास छ ।
प्रस्तावित निर्वाचन आचारसंहिताउपर सुझाव पठाउँदै यो पार्टीले भनेको छ, ‘चुनाव खर्च व्यवस्थापन प्रभावकारी बनाउन खर्च सीमा उल्लंघन रोक्न डिजिटल ट्रान्जेक्सन अनिवार्य बनाउनुपर्छ ।’
अध्यक्ष सुशीलचन्द्र अधिकारीले पेश गरेको सुझावमा अगाडि भनिएको छ, ‘प्रत्येक उम्मेदवारले दैनिक खर्च विवरण अनिवार्य रूपमा अनलाइन पोर्टलमा अपलोड गर्नुपर्ने व्यवस्था हुनुपर्छ ।’
सहयोग गर्नेहरुको सन्दर्भमा समेत पारदर्शिता अपनाउन भनिएको छ । ‘दातृको विवरण पारदर्शी गराउन अफिसियल फाइनान्स ट्रान्सपरेन्सी पोर्टलसञ्चालन गर्नुपर्छ’ निर्वाचन आयोगलाई दिएको सुझावमा उल्लेख छ ।
साथै, राज्यका स्रोत–साधनको दुरुपयोग रोकथाम सरकारी सवारी, भवन, कर्मचारी, कार्यक्रम आदिको दुरुपयोग भएमा तत्काल निलम्बन/कारबाही गर्न सकिने प्रावधान राख्न भनिएको छ ।
बजेट खर्चलाई रोक लगाइने अवधि स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने, प्रदेश तथा स्थानीय तहका प्रमुख उपप्रमुखले समेत समान नियम पालन गर्नुपर्छ भन्ने सुनिश्चितता गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


