― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsचुनावी अभियानमा सर्लाही आइपुगे गगन – KhabarHost

चुनावी अभियानमा सर्लाही आइपुगे गगन – KhabarHost



१२ माघ, सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा आइपुगेका छन् । थापा सोमबार दिउँसो काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका हुन् ।

पार्टीले प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिसकेको थापालाई पुर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाही–रौतहट सीमामा पर्ने बागमती कर्मैयामा नेता कार्यकर्ताले स्वागत गरे ।

स्वागतपछि थापा मुर्तियास्थित मुक्तेश्वर मन्दिर दर्शन गरेर  निर्वाचन क्षेत्र नम्बर–४ तर्फ प्रस्थान गरेका हुन् ।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश झरेका थापालाई मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति डा. सरोज कुमार लगायतका हजारौंको संख्यामा नेता कार्यकर्ता भव्य स्वागत गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More