― Advertisement ―

Heartstopper Forever सँग नयाँ Netflix चलचित्रमा एक शानदार अप्रत्याशित द ओडिसी इस्टर एग छ – र यो मात्र होइन कि तिनीहरू दुबैको रिलीज मिति...

Spoilers for Heartstopper Forever अगाडि। चलचित्र मन पराउने जो कोहीको लागि जुलाई १७ एक उत्कृष्ट दिन थियो। हामीले क्रिस्टोफर नोलानको महाकाव्य The Odyssey, तर Netflix...
HomeLatest newsचुनावको वातावरण बनाउन संसद्को साथ खोज्दै सरकार – KhabarHost

चुनावको वातावरण बनाउन संसद्को साथ खोज्दै सरकार – KhabarHost


राष्ट्रिय

समाचार.

  • प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ यता राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग चार पटक भेटेर राष्ट्रिय सभाको सक्रियता चाहना व्यक्त गरेकी छन्।
  • राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यक्ष दाहालले सरकारले राष्ट्रिय सभालाई चुनावको वातावरण बनाउन सहयोग गर्न चाहेको जानकारी दिए।
  • राष्ट्रिय सभामा विचाराधीन पाँच विधेयक छन् र सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी नयाँ विधेयक र मतदाता नामावली अध्यादेश दर्ता गरेको छ।

२३ कात्तिक, काठमाडौं। भदौ २७ यता प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग चार पटक भेटिन् । हरेक भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रियसभा सक्रिय होस् भन्ने चाहना व्यक्त गर्दै आएकी छन् ।

‘मैले समूहगत ढंगले र एकल ढंगले चार पटक प्रधानमन्त्रीसँग भेटेँ’ अध्यक्ष दाहाल भन्छन्, ‘अहिलेको प्रतिकूल अवस्थामा राष्ट्रिय सभाले खेल्नुपर्ने भूमिकाको बारेमा प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेको छु ।’

दाहालका अनुसार सबै भेट र छलफलमा राष्ट्रिय सभाप्रति सरकारको हार्दिकता प्रकट हुँदै आएको छ । ‘छलफलमा हार्दिकताका साथ सहज ढंगले सरकारले राष्ट्रिय सभालाई स्वीकार गरेको छ कि – राष्ट्रिय सभाको कामकारबाही अगाडि बढाउनुपर्छ’ अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भने ।

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता – KhabarHost

प्रतिनिधिसभा विघिटत रहेको अवस्थामा समेत राष्ट्रिय सभा क्रियाशील रहन सक्छ । कानुन बनाउन दुवै सभाबाट विधेयक पारित गर्नुपर्छ । तर, एउटा मात्रै सभा रहेको अवस्थामा पनि राष्ट्रिय सभाले कामहरू गर्न सक्ने ठाउँहरू छन् । ती काम के हुन सक्छन् ? यो विषयमा छलफल गर्न आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बसेको थियो । जहाँ राष्ट्रिय सभा अध्यक्ष दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, संघीय संसद् सचिवालयमा महासचिव पद्मप्रसाद पाण्डे र राष्ट्रिय सभाकै सदस्यहरू उपस्थित थिए ।

सरकारसँग भएको छलफल, राष्ट्रिय सभाको अधिवेशनको तयारी, राष्ट्रिय सभामा रहेका विधेयकबारे सरकारको धारणा र आगामी कदमबारे जानकारी र सुझावहरू प्रस्तुत गर्दै अध्यक्ष दाहाल सरकारले चुनावको वातावरण बनाउन संसद्को साथ खोजिरहेको ब्रिफिङ गरेका हुन् ।

‘राष्ट्रिय सभाप्रति प्रधानमन्त्रीको धारणा पोजेटिभ नै छ । उहाँले भन्नुभएको छ– तपाईंहरूले सहयोग गरेपछि नै चुनाव सहज ढंगले गर्न सकिन्छ’ उनले सुनाए । आफूले प्रधानमन्त्री कार्कीलाई ‘हामीले गर्ने सहयोग हाम्रो ठाउँबाट गरिराखेका छौं र गर्छौं’ भनेको पनि अध्यक्ष दाहालले जानकारी दिए ।

निरन्तर भेटघाट

२३ र २४ भदौमा जेनजी आन्दोलन भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । २७ भदौमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बनिन् ।

३० भदौमा मन्त्रीहरूको शपथमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच भेट भएको थियो । ३१ भदौमा अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न उनकै निवास वालुवाटार पुगेका थिए ।

२६ असोजमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग तेस्रो पटक भेटे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राष्ट्रिय सभाको अवस्था र भूमिकाको बारेमा छलफल भएको थियो ।

साथै राष्ट्रिय सभाको चुनावको तयारी र राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वको सम्बन्धमा समेत छलफल भएको थियो ।

यही कात्तिक १७ गते राष्ट्रिय सभाका अध्यक्ष दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहितको टोलीले प्रधानमन्त्री कार्कीसँग भेट गरेको थियो ।

उक्त भेटमा उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पुगेका थिए ।

यो भेटमा भने संघीय संसद्का पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीसमक्ष सांसदहरूका स्वकीय सचिवको सुविधा खारेजीको विषयमा असन्तुष्टि जनाएका थिए ।

सरकारले संघीय संसद्का साथै प्रदेश सभाका सदस्यहरूको स्वकीय सचिवको सुविधा समेत खोसेको छ । यो विषयमा भने सरकार र संसदका पदाधिकारीहरू आमनेसामने भएका छन् । यो विषयमा संघीय र प्रदेश सभाका पदाधिकारीहरू एक भएर सरकारको विरोधमा गरेका छन् । सरकारलाई निर्णय सच्याउन उनीहरूको आग्रह छ ।

सरकारसँग पछिल्लो समय देखा परेको मतभेद समेतको परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर आइतबार राष्ट्रिय सभाको नेतृत्वसहित बसको हो ।

जहाँ अध्यक्ष दाहालले सुविधा खोसिएको विषयमा मतभेद कायमै रहेको बताए । तथापि, सरकारले राष्ट्रिय सभालाई चुनावको वातावरण बनाउने थलोको रुपमा सदुपयोग समेत गर्न खोजेको ब्रिफिङ गरेका हुन् ।

संसदीय गतिविधिमा देखिँदै सरकार

सरकारका प्रतिनिधिहरू संसदीय गतिविधिमा समेत देखिन थालेका छन् । सरकारले चुनावको वातावरण बनाउनका लागि संसद्को सहयोग खोजेपछि यही कात्तिक २१ गते राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो ।

जहाँ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा सहभागी भए । यो अन्तरिम सरकारको तर्फबाट संसदीय बैठकमा पहिलोपटक सहभागिता हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सिन्हाले राष्ट्रिय सभाले गर्न सक्ने काम अगाडि बढाओस् भन्ने सरकारको चाहना रहेको बताएका थिए ।

राष्ट्रिय सभामा विचाराधीन विधेयक समेत छलफलमा अगाडि बढाउन सकिने राय प्रस्तुत गरे । त्यसआधारमा राष्ट्रिय सभामा विचाराधीन विधेयकमाथि छलफल अगाडि बढाउने गृहकार्य समेत अगाडि बढेको छ ।

जेनजी आन्दोलनपश्चात गठित कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरेपछि संघीय संसद्मा रहेका ३० वटा विधेयक निष्क्रिय भएका थिए । तर, राष्ट्रिय सभामा उत्पत्ति भएका र राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक भने यथावत छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनालकाअनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सम्बन्धित विधेयक, अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक विचाराधीन विधेयकहरू छन् ।

यिमध्ये विधायन समितिमा विचाराधीन तीन वटा विधेयकलाई दफावार छलफलमा अगाडि बढाउने तयारी समितिले गरेको छ । विधायन समितिमा पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक विचाराधीन रहेका छन् ।

उपसचिव खनालकाअनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशाला सम्बन्धी विधेयकलाई भने समितिले छलफल गरेर प्रतिवेदनसहित पास गरी राष्ट्रिय सभामा पठाइसकेको छ । अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक राष्ट्रिय सभामा प्रस्तुत भएर सैद्धान्तिक छलफल सकिएको छ ।

हालै राष्ट्रिय सभामा अन्तरिम सरकारले एउटा नयाँ विधेयक दर्ता गरेको छ । विधायन समितिका सचिव मनोजकुमार गिरीकाअनुसार सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कोष स्थापना गर्ने विषयसँग सम्बन्धित विधेयक ल्याएको छ ।

सरकारले जारी गरेको मतदाता नामावलीसँग सम्बन्धित अध्यादेश पनि राष्ट्रिय सभामा दर्ता भएको छ । यो अध्यादेश राष्ट्रिय सभाको अधिवेशन सुरु भएको पहिलो दिनमा टेबुल हुनेछ ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालका अनुसार थप विधेयक पनि ल्याउने सरकारको तयारी छ । ‘सरकारले थप विधेयक ल्याउने तयारी गरेको सुनेको छु’ अध्यक्ष दाहालले भने । उनका अनुसार एउटा विधेयक आइसकेको छ। अर्को विधेयक आउँदैछ । एउटा अध्यादेश आइसकेको छ । यो अवस्थामा विधायन समितिले सरकारसँग समयन्वय गरेर बिचाराधीन विधेयकमाथि छलफल चलाउन सक्दछ ।

एजेण्डागत छलफलमा सांसदहरू

राष्ट्रिय सभाको अधिवेशन समेत बोलाउने तयारी छ । छठ पर्व सकिए लगत्तै अधिवेशन बोलाउने भनिएतापनि हल अभावमा यो तयारीमा विलम्ब हुन पुगेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।

अहिले भने सिंहदरवारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रिय सभाको बैठक राख्ने तय भएको छ । राष्ट्रिय सभाका अध्यक्ष दाहालका अनुसार उक्त हल व्यवस्थापनको काम अगाडि बढिसकेको छ ।

‘आन्तरिक काम सुरु भएको छ । हल व्यवस्थापनको लागि करिब ३० लाखको लागत अनुमान छ’ अध्यक्ष दाहालले भने । उनका अनुसार मंसिर १५ गतेभित्र अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिइएको छ ।

राष्ट्रिय सभा र संसदीय समितिको बैठक बस्ने भएपछि के–कस्ता विषयमा कसरी छलफल गर्न सकिन्छ भन्नेबारे सांसदहरू आन्तरिक छलफलमा छन् ।

विधायन व्यवस्थापन समिति ।

राष्ट्रिय सभा सदस्य बेदुराम भुसालका अनुसार प्रतिनिधि सभा नरहेको अवस्थामा राष्ट्रिय सभाले मुख्यतः आठ प्रकृतिका काम गर्न सक्ने प्रस्ताव राखेका छन् ।

उनका अनुसारकानुन कार्यान्वयनको मापन,स्थलगत अनुगमन, राष्ट्रिय महत्वका विषय,मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

त्यस्तै, सरकार तयार भए विधेयकहरूमाथि छलफल अगाडि बढाउन सकिन्छ । छलफल भएका विधेयक पारित गरेर राख्दा चुनावपछि आउने प्रतिनिधिसभामा पठाउन सकिन्छ । विभिन्न अध्ययन प्रतिवेदनमाथि छलफल चलाउन र संसदीय समितिका वार्षिक प्रतिवेदन पनि पारित गर्न सकिने उनको धारणा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More