― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
HomeLatest newsचुनावअघि पार्टीको महाधिवेशन गर्न गोरखा कांग्रेसको माग

चुनावअघि पार्टीको महाधिवेशन गर्न गोरखा कांग्रेसको माग



२२ कात्तिक, गोरखा । चुनावअघि नै पार्टीको महाधिवेशन गर्न नेपाली कांग्रेस गोरखाले माग गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले विधान अनुसार पुस महिनाभित्र महाधिवेशन गर्न माग गरेको हो ।

बैठक पश्चात निर्णय सार्वजनिक गर्दै कांग्रेस जिल्ला कार्यसमिति गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने माग रहेको बताए । ‘नेपाली कांग्रेसको विधान अनुसार चार वर्षे कार्यकाल मंसिरमा सकिन्छ, महामन्त्री गगन थापाले माग गरे अनुसार पुसमा नियमित महाधिवेशन हुनुपर्‍यो,’ उनले भने, ‘होइन भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधान अनुसार माग गरेको विशेष महाधिवेशन पुस मसान्तभित्र हुनुपर्छ भनेर केन्द्रमा माग गर्ने निर्णय गरेका छौं ।’

महाधिवेशनका लागि जिल्लाका क्रियाशील सदस्यता नवीकरण गरेर बुझाइसकिएको र नयाँ सदस्यका लागि केन्द्रीय समितिमा बुझाउने तयारी भइरहेको उनले जानकारी दिए । पुस महिनामा बिशेष महाधिवेशनको माग राख्दै जिल्लाका ५१ महाधिवेशन प्रतिनिधीमध्ये ४२ जनाले हस्ताक्षर गरेर केन्द्रमा पठाइसकेको समेत उनले बताए ।

अहिलेको बदलिदो परिस्थितिमा पार्टीको स्पष्ट नीति र नयाँ नेतृत्व निर्माण गर्दै नयाँ परिभाषा समेत खोज्नुपर्ने अवस्था रहेको र त्यो महाधिवेशनबाट मात्र सम्भव रहेको उनको भनाइ छ । अन्तरिम सरकारले यही फागुन २१ गते घोषणा गरेको निर्वाचनमा सहभागी हुन कांग्रेस तयार रहेको धारणा उनले व्यक्त गरे ।

जेनजी आन्दोलनको प्रसंग जोड्दै गोरखा कांग्रेसले सो क्रममा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारवाही गर्न माग गरेको छ । जेनजी आन्दोलनका मागहरुप्रति आफूहरुको पनि समर्थन रहेको भन्दै सभापति न्यौपानेले आन्दोलनको नाममा भएको ध्वंशात्मक कार्य निन्दनीय रहेको बताए । उनले भने, ‘आन्दोलनकै दिन मध्याह्न १२ बजे जेनजीले अराजक गतिविधि नगर्ने भनिसकेको थियो तर पनि आगजनी र तोडफोड जस्ता कार्य भए, त्यो निन्दनीय छ, दोषीलाई न्यायिक छानबिन गरी कारबाही गर्नुपर्छ ।’

जेनजी आन्दोलनका मुद्दाहरु यसअघि नै कांग्रेसले उठाउँदै आएपनि जनतास्तरसम्म त्यसलाई पुर्‍याउन नसकेको उनले जिकिर गरे । उनीहरुको मुद्दाको पक्षमा कांग्रेस गोरखा प्रतिबद्ध रहेको बताउँदै उनले वडादेखि पालिकास्तरसम्म संवाद र छलफल कार्यक्रम चलाउने निर्णय पार्टीले गरेको जानकारी गराए ।

अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई उचित राहतको व्यवस्था गर्न पनि गोरखा कांग्रेसले माग गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More