― Advertisement ―

HomeLatest newsचीनको युनान युथसँग खेल्ने नेपाली महिला यू–२० टोली घोषणा

चीनको युनान युथसँग खेल्ने नेपाली महिला यू–२० टोली घोषणा


राष्ट्रिय

समाचार.

  • चीनको युनान यूथ महिला टोलीसँग माघ १७ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यू–२० टोलीको २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ।
  • मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले ३० जनाबाट ७ जना बाहिरिएपछि २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
  • एन्फा, युनान विश्वविद्यालय, नेपाल ओभरसिज चिनियाँ संघ, चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा खेल आयोजना हुन लागेको हो।

१३ माघ, काठमाडौं । चीनको युनान यूथ महिला टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यू–२० टोलीको घोषणा भएको छ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेल माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाइएका ३० जनाबाट ७ जना बाहिरिँदा २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजना मा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा खेलको आयोजना हुन लागेको हो।

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको यस खेलले नेपाली यू–२० महिला टोलीको तयारी मजबुत बनाउनुका साथै अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस्ता मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ।

नेपाल यू–२० महिला टोली: अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला जोशी, मीना देउबा, पुनम चेम्जोङ, पूर्णिमा राई, सजिना स्याङतान, समिक्षा मगर, संगीता अधिकारी, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङ लिम्बु पन्धाक, सिम्रन राई, सुजाता तामाङ र सुक्रिया मिया।

फाइल तस्वीर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More