― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsचित्लाङको विजयी सुरुवात, विजय स्पोर्ट्स र लालिगुरासले खेले बराबरी – KhabarHost

चित्लाङको विजयी सुरुवात, विजय स्पोर्ट्स र लालिगुरासले खेले बराबरी – KhabarHost


राष्ट्रिय

समाचार.

  • मकवानपुरमा सुरु भएको एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ एफसीले देउराली युथ क्लबलाई ४-१ ले हराउँदै विजयी सुरुवात गरेको छ ।
  • विजय स्पोर्ट्स क्लब र लालिगुराँस एसोसिएसन क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
  • एन्फा प्रेसिडेन्ट लिगमा १० टोली दुई समूहमा विभाजन गरेर खेलाइनेछ र सेमिफाइनल पुग्ने टिम राष्ट्रिय लिगका लागि छनोट हुनेछन् ।

१९ कात्तिक, काठमाडौं । मकवानपुरमा बुधबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ ।

समूह ए अन्तर्गत हेटौँडाको गौरिटार रंगशालमा भएको पहिलो खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४-१ ले हरायो ।

चित्लाङका लागि चन्दन कुमार दासले ३२औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । , लाहान सुब्बा पाताङ्ग्वा र विज्ञान खड्काले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । मदन स्याङ्गतानले ८८औं मिनेटमा गोल गरे ।

देउरालीका लागि रामचन्द्र वाजीले दोस्रो हाफको इन्जुरी टाइममा सान्तवना गोल फर्काए ।

यस्तै बुधबारै भएको समूह ए को दोस्रो खेलमा विजय स्पोर्ट्स क्लब र लालिगुराँस एसोसिएसन क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा प्रेसिडेन्ट लिगमा जिल्ला लिगबाट च्याम्पियन हुँदै प्रदेश लिगबाट छनोट भएका १० क्लबले सहभागिता जनाएका छन् । १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । सेमिफाइनल पुग्ने चार टिम पुष ९ गतेदेखि सुरु हुने राष्ट्रिय लिगका लागि छनोट हुनेछ ।





Read More