― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
Homeराष्ट्रिय समाचारचित्रबहादुर केसी – KhabarHost

चित्रबहादुर केसी – KhabarHost



१४ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गरेका छन् ।

रुपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताए ।

उनले आफूले संसद्‍मा धेरै पहिलादेखि बंगलादेशको हविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको स्मरण गराए । जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन् । अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन् । मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ । सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ । हाम्रा पनि कमी कमजोर भिए होलान् । जनतासँग हामीले पनि बुझाउनुपर्ने हुन्छ ।’

उनले राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाए ।





Read More