― Advertisement ―

यो प्रारम्भिक प्राइम डे एल्गाटो सम्झौता अन्तिम अफिस ह्याक हो

यदि तपाईं म जस्तो हुनुहुन्छ भने, तपाईंले सम्भवतः मेनुहरू मार्फत खोज्दै वा जटिल किबोर्ड सर्टकटहरू सम्झन खोज्दै हुनुहुन्छ। यो पछिल्लो Amazon प्राइम डे डिल...
HomeLatest newsचितवनले जित्यो इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि

चितवनले जित्यो इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि


राष्ट्रिय

समाचार.

  • चितवन क्रिकेट क्लबले एपीएफ क्लबलाई एक विकेटले पराजित गर्दै इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ।
  • चितवनले १४४ रनको लक्ष्य एक बल अगावै ९ विकेट गुमाउँदै पूरा गरेको थियो भने शुभ कंशकारले ६७ रन बनाए।
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भएका छन् र चितवनका दीपेश कंडेल उत्कृष्ट बलर घोषित भएका छन्।

१३ पुस, काठमाडौं । घरेलु टोली चितवन क्रिकेट क्लब इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई एक विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि जितेसँगै चितवनले नगद ४ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ ।

एपीएफले दिएको १४४ रनको लक्ष्य चितवनले एक बल अगावै ९ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि शुभ कंशकारले ६७ रन बनाए भने दीपक डुम्रेले ३७ रन बनाए ।

एपीएफका इर्शाद अहमदले ४ ओभरमा १८ रन खर्चिदै ५ विकेट लिए । अभिशेष गौतम र दिवान पुनले समान एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । दीपक बोहोराले ४७ रन, सुमित महर्जनले २८, अमर सिंह राउटेलाले २५ र सलाहुदिन खानले २२ रन बनाए ।

चितवनका लागि दीपेश कँडेलले ४ ओभरमा २८ रन खर्चिदै २ विकेट लिए भने विपिन खत्री, नरेश प्रधान र दीपेश श्रेष्ठले समान एक–एक विकेट लिए । चितवनका शुभ कंशकार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भएका छन् । दासले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटरमा दिल्ली वन्डर्सका मोहम्मद कैफ र उत्कृष्ट बलरमा चितवन क्रिकेट क्लबका दीपेश कंडेल घोषित भए । उनीहरुले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा दिल्ली वन्डर्स क्रिकेट क्लबलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबले पराजित गर्‍यो । १९८ रनको लक्ष्य पछ्याएको दिल्ली ९ विकेटको क्षतिमा १५६ रन मात्रै बनाउन सकेपछि आर्मी ३६ रनले विजयी हुँदै प्रतियोगितामा तेस्रो भयो ।

खेलमा तृतराज दास प्लेयर अफ द म्याच घोषित भए । आर्मीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

विजेता टिमलाई भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष उमेश पियाले पुरस्कार वितरण गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More