― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsचितवनमा जारी खेलकुद महोत्सवमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित

चितवनमा जारी खेलकुद महोत्सवमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित


राष्ट्रिय

समाचार.

  • चितवन जिल्ला खेलकुद विकास समितिले ओलम्पियन बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठ र कराँतेकी एरिका गुरुङलाई सम्मान गरेको छ।
  • मानन्धर सागमा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली धावक हुन्।
  • एरिकाले नोभेम्बर अन्त्यमा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा सहभागिता जनाउने तयारी गरिरहेकी छन् ।

२५ कात्तिक, काठमाडौं । नारायणी नदी किनारमा जारी खेलकुद तथा वृहत् व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठसहित कीर्तिमानी पदक विजेता कराँतेकी एरिका गुरुङ सम्मानित भएका छन् ।

आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज (मंगलबार) उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको अवसर पारेर उनीहरुलाई जनही ५०-५० हजार रूपैयाँले सम्मान गरिएको हो ।

तीनै जनालाई समितिका अध्यक्ष राजन कार्कीले नगद र सम्मानपत्रले सम्मान गरे । हाल वर्ल्ड च्याम्पियनका लागि इजिप्ट जना लागेकी एरिकाले भने भर्चुअल माध्यमबाट जोडिएकी थिईन् । उनले यो सम्मानले हौसला मिलेको बताइन् ।

धावक मानन्धर दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले म्याराथनमा स्वर्ण जितेका थिए । भारतमा १९८७ मा भएको तेश्रो सागमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

यस्तै श्रेष्ठ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले आठौं र नवौं सागमा कराँतेबाट स्वर्ण पदक जितका थिए ।

एरिकाले १९औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन्। उनको उक्त रजत पदक नै कराँतेमा नेपाललाइ प्राप्त एसियाली खेलकुद को पहिलो रजत पदक हो । यस्तै उनी डब्लूकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपका लागि सहभागिता जनाउन तयारीमा रहेका उनले युनिभर्सालिटी कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।

यसैबीच महोत्सवमा आजबाट एथ्लेटिक्सका खेलहरु सुरु भएको छ । खेलको आज एक कार्यक्रमकाबीच प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले उद्घाटन गरेका थिए । भलिब

ल, कराँतेलगायतका खेलहरु यस अघि सम्पन्न भइसकेका छन् । महोत्सवमा तेक्वान्दो, कबड्डी, सेपाकताक्रो, वुद्धिचाललगायतका खेलहरु पनि हुने खेलकुद संयोजक छवी तिमल्सिनाले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More