― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeमनोरन्जनचिच्याउन र गाउन दुवैमा निपुण ४ मेटल गायक – KhabarHost

चिच्याउन र गाउन दुवैमा निपुण ४ मेटल गायक – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मेटल संगीतमा गायनसँगै सुर र तालमा चिच्याहट गर्न सक्नु गायकका लागि प्रभावशाली कौशल हो र सबैले गर्न सक्दैनन्।
  • हावर्ड जोन्स, कोरी टेलर, कोर्टनी लाप्लान्टे र चेस्टर बेनिन्गटन मेटल संगीतमा गायन र चिच्याहट दुवैमा उत्कृष्ट मानिन्छन्।
  • चेस्टर बेनिन्गटनको मृत्यु २० जुलाई २०१७ मा भएको थियो र उनी लिङ्किन पार्कका मुख्य गायक थिए।

मेटल, संगीतको एउटा विधा हो । नेपालको शहरी क्षेत्रमा समेत यो विधा लोकप्रिय छ । यस विधामा गायनसँगै चिच्याहट आवश्यक छ । त्यो पनि सुर र तालमा । अनि गायनसँगसँगै चिच्याहटमा स्वीच गर्न सक्नु एक मेटल गायकका लागि प्रभावशाली कौशल हो । तर सबैले यस्तो गर्न सक्दैनन् । यसका लागि खास सीप चाहिन्छ ।

आज हामी यी दुवैमा असाध्यै राम्रो गर्न सकेका चार मेटल गायकबारे चर्चा गर्दैछौं

हावर्ड जोन्स

२० जुलाई १९७० जन्मिएका हावर्ड जोन्स अमेरिकी मेटलकोर गायक हुन् । उनी ‘किलस्वीच इन्गेज’ र ‘ब्लड ह्याज बिन शेड’मा यसअघिका मुख्य गायक हुन् । उनी हाल ‘लाइट त टर्च’ र ‘सियन’ ब्यान्डमा गाउने गर्छन् । उनको आवाजलाई मेटल संगीतको दुनियाँमा निकै अद्‍भूत मानिन्छ । कारण उनको गाउने आवाज सफा सुनिन्छ । तर जब उनी चिच्याउँछन्, त्यो अविश्वसनीय रूपमा तिखो हुन्छ । उनले आफ्नो त्यो प्रतिभा ‘ब्लड ह्याज बिन शेड’ नामक ब्यान्डमै हुँदा देखाएका थिए । ‘किलस्वीच इन्गेज’ मा आएपछि त्यसलाई उनले झन् अघि बढाए । उनको पूर्ण प्रतिभा भने ब्यान्डको ‘द एन्ड अफ हार्टोक’ नामक एल्मबमा सुन्न सकिन्छ ।

कोरी टेलर

उनी गायक, लेखक र अभिनेता पनि हुन् । ८ डिसेम्बर १९७३ मा जन्मिएका उनलाई मुख्य रूपमा हेभी मेटल ब्यान्ड स्लिपनटको मुख्य गायकका रूपमा चिनिन्छ । तर उनी रक ब्यान्ड स्टन सोरका मुख्य गायक तथा गिटारवादक पनि हुन् ।

यो सूचीमा परेका कोरी टेलरको पनि आवाज उस्तै अविश्वसनीय लाग्छ । चर्को, बाक्लो स्वरबाट एकाएक सुमधुर धुनमा बदल्ने उनको आवाजको खुबी हो । उनले स्लिपक्नटको चौथो एल्बम ‘अल होप इज गन’को ‘साइकोसोसल’मा टेलरको क्षमताको राम्रो उदाहरण हो ।

यो गीतमा उनले भर्सहरूमा चिच्याएका छन् भने त्यसपछिका कोरसहरूमा आफ्नो आवाजलाई परिवर्तन गरेका छन् । उनको क्षमता बुझ्न ‘स्टन सोर’को गीत ‘थ्रु ग्लास’ पनि सुन्न सकिन्छ ।

कोर्टनी लाप्लान्टे

२६ फेब्रुअरी १९८९ जन्मिएकी उनी क्यानेडियन हेभी मेटल ब्यान्ड ‘स्प्रिटबक्स’का मुख्य गायिका हुन् । उनी अमेरिकामा जन्मेपछि क्यानडा सरेकी थिइन् । त्यो समयदेखि उनी गायनमै छिन् । त्यसअघि अमेरिकी मेटलकोर ब्यान्ड ‘आइरेस्ल्ड अबेयरवन्स’को पनि उनी मुख्य गायिका थिइन् । जुन ब्यान्ड फुटिसकेको छ ।

कोर्टनी लाप्लान्टे पनि यस कुरामा आफ्नो समकालीनहरू जस्तै राम्रा छन् । उनले गायक र चिच्याहट दुवैमा राम्रो गरेकी छिन् । उनको त्यो काम ‘स्प्रिटबक्स’ सँगै ‘आइरेस्ल्ड अबेयरवन्स’ ब्यान्डका दुई एल्बमहरू सुन्न सकिन्छ ।

चेस्टर बेनिन्गटन

यो विधामा लिङ्किन पार्क छुट्ने कुरै भएन । अनि ब्यान्डका चेस्टर बेनिन्गटन पनि । गाउने र चिच्याउने दुवै कुरामा उनी राम्रो उदाहरण हुन् । ब्यान्ड आफैं न्यू मेटल विधाको मुख्यधार बनिरहेको थियो । उनी यस मामिलामा कति अब्बल थिए भने उनको अद्‍भूत प्रतिभालाई गुमाउनु संगीत जगतका लागि ठूलो घटना बनेको थियो ।

२० मार्च १९७६ मा जन्मिएका उनको मृत्यु २० जुलाई २०१७ मा भएको थियो । उनी आफ्नो करियरको विभिन्न चरणमा ‘ग्रेज डेज’, ‘डेथ बाइ सनराइज’, ‘स्टोन टेम्पल पाइलट्स’ जस्ता ब्यान्डमा पनि आबद्ध भएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More