― Advertisement ―

मोरबिड मेटल विकासकर्ताले बताउँछन् कि किन उसले ग्रिटी साइ-फाईको पक्षमा ओरिगामी कला निर्देशन छोड्यो – ‘यसले काम गर्यो, तर यो वास्तवमै मलाई जस्तो लागेन’

Fevel>Metal>Mor Schade ले आफ्नो खेलको कला निर्देशन पछाडिको प्रेरणाको बारेमा छलफल गरेको छउनी सुरुमा ओरिगामी-थीम्ड गेम बनाउन चाहन्थे, तर ग्रिटी साइ-फाईमा केन्द्रित थिएउनीलाई उज्ज्वल...
HomeLatest newsचामलमा मिसावट गर्ने क्रिस्टल स्टोरलाई २ लाख बढी जरिबाना

चामलमा मिसावट गर्ने क्रिस्टल स्टोरलाई २ लाख बढी जरिबाना


राष्ट्रिय

समाचार.

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार ३ उद्योग तथा फर्मलाई २ लाख ३० हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • क्रिस्टल स्टोरले चामलको बोरा खोलेर पुनः प्याकिङ गरी गुणस्तरहीन चामल मिसावट गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ।
  • अनुगमन क्रममा खरिद बिलबिजक नराखेको र रिलेबलिङ गरेको फर्मलाई जरिबाना तिराइएको र क्यान्टिनलाई कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

१२ मंसिर काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार ३ उद्योग तथा फर्मलाई २ लाख ३० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत शुक्रबार ७ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा तारकेश्वर नगरपालिका–५ गोलढुंगाको क्रिस्टल स्टोरलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ । उक्त मार्टले चामलको बोरा खोलेर पुनः प्याकिङ गरेको र गुणस्तरहीन चामल मिसावट गरेको उपभोक्ताले गुनासो गरेका थिए ।

सोही अनुसार अनुगमन क्रममा इन्डिया गेट बासमती चामलको ओरिजिनल सिल खोलेर कमसल चामल मिसाइ पुनः प्याकिङ गरी बेचेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।

यस्तै विभागले खरिद बिलबिजक नराखेको भन्दै काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरको घुम्ती किचेनलाई पनि २० हजार रुपैयाँ र काठमाडौं–९ सिनामंगलको ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

यसैगरी ललितपुर पुल्चोकस्थित सुमेरु अस्पताल परिसरमा रहेको क्यान्टिनलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने अन्य ३ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिइएको छ ।

पछिल्लो समय विभागले  उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।





Read More