― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsचाँदी आयात गर्दा उद्योगीलाई मासिक २० लाख डलर सटही सुविधा

चाँदी आयात गर्दा उद्योगीलाई मासिक २० लाख डलर सटही सुविधा


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले मासिक रूपमा चाँदी आयात गर्न सकिने र महिनामा एकपटक २० लाख अमेरिकी डलरसम्म सटही सुविधा दिने व्यवस्था गरेको छ।
  • चाँदीका गरगहना, कलात्मक वस्तु बनाउन औद्योगिक प्रयोजनका लागि प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म सटही सुविधा प्रदान गरिने छ।
  • सटही सुविधा पाउन वाणिज्य बैंकले निर्यात भुक्तानीको यकिन गर्नुपर्ने र स्वघोषणा लिनुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ।

१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले मासिक रूपमा पनि चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ ।

हरेक दिन आयात गर्दा लागत बढी पर्ने भएकाले मासिक एक पटकको आयातमा पनि सटही सुविधाको व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

हरेक दिन आयात गर्न सक्ने उद्योग तथा व्यवसायीले ठूलो मात्रामा आयात गर्छु भनेको खण्डमा महिनाका एक पटक २० लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा लगायत बनाउन औद्योगिक कच्चापदार्थका रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सोही बराबर अन्य मुद्रा सटही सुविधा प्रदान गर्न सकिने छ ।

अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर १ लाख वा सोही बराबर अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था छ ।

यो व्यवस्थासँगै केन्द्रीय बैंकले महिनामा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीका हकमा उपयुक्त सीमा क्रमश: २० लाख र ४ लाख अमेरिकी डलरको सीमासम्म हुने गरी सटही सुविधा पाउने व्यवस्था गरेको छ ।

चाँदीका गरगहना, कलात्मक वस्तु आदि निकासी गर्ने व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेशका आधारमा सटही सुविधा प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ ।  कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातका लागि सटही सुविधा प्रदान हुनेछ ।

सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा त्यसअघि सटही सुविधा प्रदान भएको भए सोही अन्तर्गत चाँदी आयात भई तोकिए बमोजिम निर्यात भए/नभएको यकिन गर्नुपर्छ ।

सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयात सटही सुविधा लिई निर्यात भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More