― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsचलचित्र निर्माता संघको अध्यक्षमा भिड्दै सुनिल र उदय, ३ पदमा सर्वसम्मत

चलचित्र निर्माता संघको अध्यक्षमा भिड्दै सुनिल र उदय, ३ पदमा सर्वसम्मत


सुनिलकुमार थापा (बायाँ) र उदय सुब्बा ।


राष्ट्रिय

समाचार.

  • चलचित्र निर्माता संघको सोमबार हुने कार्यसमिति निर्वाचनका लागि अध्यक्षसहित महासचिव र सचिव पदमा मतदान हुनेछ।
  • अध्यक्ष पदका लागि सुनिलकुमार थापा र उदय सुब्बा, महासचिवका लागि किरण नेपाली र खगेन्दप्रसाद लामिछाने प्रतिस्पर्धामा छन्।
  • उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदका उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएका छन् र सोमबार वार्षिक सभामा घोषणा गरिनेछ।

काठमाडौं । चलचित्र निर्माता संघको सोमबार हुने कार्यसमिति निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

अध्यक्षसहित महासचिव र सचिव पदमा मतदान हुने निर्वाचन अधिकृत ताराकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

अध्यक्ष पदको लागि सुनिलकुमार थापा र उदय सुब्बा भिड्दैछन् ।

महासचिव पदको लागि किरण नेपाली र खगेन्दप्रसाद लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिवमा युवराज गिरी र किसान पोखरेल प्रतिस्पर्धामा छन् ।

आइतबार दिउँसोसम्म उम्मेदवारमाथि दावी, विरोधको समय दिइएको थियो । अध्यक्षका प्रत्यासी सुब्बाले अर्का प्रत्यासी थापामाथि उजुरी दिएका थिए ।

सुब्बाले सहमतिमा उजुरी फिर्ता लिएपछि अध्यक्षमा चुनाव हुने बाटो खुलेको हो ।

उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सर्वसम्मत

उपाध्यक्ष पदका लागि रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।

निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

सोमबार हुने १९ औं वार्षिक साधारण सभामा सर्वसम्मत हुने उम्मेदवारको घोषणा गरिने निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More