― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
HomeLatest newsचन्द्रमा अवतरणलाई ‘नक्कली’ भनेपछि किम कार्दासियन र नासा आमनेसामने

चन्द्रमा अवतरणलाई ‘नक्कली’ भनेपछि किम कार्दासियन र नासा आमनेसामने


राष्ट्रिय

समाचार.

  • हलिउड स्टार किम कार्दासियनले सन् १९६९ को अपोलो ११ चन्द्रमामा अवतरण नक्कली भएको बताएकी छिन्।
  • नासाका कार्यवाहक प्रशासक सीन डफीले किमको अभिव्यक्तिलाई खण्डन गर्दै चन्द्रमा अवतरण ६ पटक भएको उल्लेख गर्नुभयो।
  • डफीले सन् २०२६ मा अमेरिका चन्द्रमामा फर्कने र सन् २०२७ मा नयाँ अवतरण गर्ने योजना रहेको जानकारी दिनुभयो।

लस एन्जलस । सन् १९६९ मा ‘अपोलो ११’ यानले चन्द्रमामा अवतरण कुरा नक्कली रहेको बताएपछि हलिउड स्टार किम कार्दासियन र अमेरिकी अन्तरीक्ष नियोग नासा आमनेसामने भएका छन् ।

किमले हालैको आफ्नो एक भिडियोमा पुरानो ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्दै चन्द्र अवतरण फेक रहेको बताएकी थिइन् । उनको स्टार-पावर यति बलियो भयो कि, नासाका प्रमुखले विज्ञप्ति नै जारी गर्दै कार्दासियनको अभिव्यक्तिको खण्डन गर्नुपर्‍यो ।

हुलुको लामो समयदेखि चलिरहेको पारिवारिक शो “द कार्दशियन्स“ को नयाँ एपिसोडमा, किमले अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ र बज एल्ड्रिनको चन्द्रमा अवतरण एक काल्पनिक कुरा रहेको बताएकी छन् ।

एल्ड्रिनको अन्तर्वार्ताको अनलाइन भिडियो देखेपछि आफू यस कुरामा विश्वस्त बनाएको उनले बताएकी छिन् । उनले आफ्नो टिप्पणीलाई चन्द्रमामा अवतरण कहिल्यै भएन भन्ने अर्थमा व्याख्या गरेकी छिन् ।

सन् १९७० को दशकदेखि, शंकालुहरूले यो धारणा फैलाएका छन् कि विश्वभरका लाखौं मानिसले प्रत्यक्ष हेरेको उक्र मिसन वास्तवमा नाटकीय थियो ।

अमेरिकी यातायात मन्त्री तथा नासाका कार्यवाहक प्रशासक सीन डफीले कार्दशियनले आफ्ना ४० लाख दर्शकलाई यो विचार अँगालेको बताएपछि यसलाई खण्डन गर्न समय खेर फालेनन् । तत्कालै खण्डन गर्नुपर्‍यो ।

“हो, किम कार्दासियन । हामी पहिले पनि चन्द्रमामा गएका छौं । ६ पटक !’ डफीले बिहीबार एक्स सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे ।

उनले लेखेका छन्, ‘अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा चन्द्रमामा फर्किरहेको छ सन् २०२६ मा । आर्टेमिस दोस्रो मिसनले सन् २०२७ मा योजनाबद्ध चन्द्रमा अवतरण गर्नुअघि, चन्द्रमाको वरिपरि १० दिनको यात्रामा अन्तरिक्ष यात्रीहरूलाई पठाउने तालिका छ ।’

“हामीले अन्तिम अन्तरिक्ष दौड जित्यौं र यो पनि जित्नेछौं,“ डफीले लेखे ।

कार्दशियनले एउटा भिडियोलाई उद्धृत गरिन् जसमा ९५ वर्षकी एल्ड्रिनलाई अपोलो मिसनको क्रममा “सबैभन्दा डरलाग्दो क्षण“ कुन थियो भनेर सोधिएको थियो । आफ्नो फोनबाट पढ्दै, कार्दशियनले एल्ड्रिनलाई यसो भनिरहेको उद्धृत गरिन्, “त्यहाँ कुनै डरलाग्दो क्षण थिएन, किनकि त्यो भएन ।’

त्यसपछि रियालिटी स्टारले भनिन्, “त्यसो भए मलाई लाग्छ यो भएन ।’

रोयटर्सबाट ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More