― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeविजनेसगौतमबुद्ध विमानस्थललाई ‘कार्गो उडान हब’ बनाउन सिफारिस

गौतमबुद्ध विमानस्थललाई ‘कार्गो उडान हब’ बनाउन सिफारिस


राष्ट्रिय

समाचार.

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यून यात्रु चाप र व्यावसायिक घाटाका कारण वायुसेवा कम्पनीले नियमित उडान गर्न नसकेको उच्चस्तरीय अध्ययन आयोगले निष्कर्ष निकालेको छ।
  • आयोगले विमानस्थललाई निर्यातजन्य वस्तु ओसारपसारको लागि कार्गो पूर्वाधार केन्द्र बनाउने र कार्गो एयरलाइन्स सञ्चालन गर्न नेपाली व्यवसायीलाई विशेष सुविधा दिन सुझाव दिएको छ।
  • अन्तर्राष्ट्रिय यात्रु सेवा निरन्तर राख्न सरकारका यसअघिका निर्णय पालना गर्नुपर्ने र लुम्बिनीलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यको हब बनाउन काम गर्नुपर्ने आयोगले बताएको छ।

१९ कात्तिक, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यून यात्रु चाप र व्यावसायिक घाटाका कारण वायुसेवा कम्पनीले नियमित उडान गर्न नसकेको सरकारी आयोगले निष्कर्ष निकालेको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले यहाँ नागरिक उड्डयन प्राधिकरणले जबर्जस्ती उडान बढाउन खोजे पनि यथास्थितिमा व्यावसायिक सम्भाव्यता नदेखिएको भन्दै विकल्प खोज्न सुझाव दिएको छ ।

यो विमानस्थलको भौगोलिक अवस्थितिका कारण नेपालभरिबाट निर्यातजन्य वस्तु ओसारपसार गर्न सहज देखिएको आयोगले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्यातजन्य वस्तुको चाप बढिरहेको अवस्थामा नेपाल भित्रिने ठूला वायुसेवा कम्पनीलाई कार्गो उडानमा आकर्षित गर्न सकिने सिफारिस आयोगले गरेको छ ।

‘गौतमबुद्ध विमानस्थलले कार्गोका लागि निर्यात पूर्वाधार केन्द्रका रूपमा रहन सक्ने क्षमता राख्छ, देशको वस्तु निर्यातका लागि अब उच्चस्तरको रणनीतिक कार्यक्रम बनाउने अवसर देखिएको छ,’ आयोगले भनेको छ ।

अन्तर्राष्ट्रिय यात्रु सेवा निरन्तर राख्न भने सरकारका यसअघिका निर्णय अक्षरस पालना गर्नुपर्ने आयोगको भनाइ छ । वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण ‘इकोसिस्टम’ स्थापना गर्न भनिएको छ ।

नेपाली व्यवसायीलाई वायुयान लिजिङ सहित विशेष सुविधा उपलब्ध गराइ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बेस रहने गरी कार्गो एयरलाइन्स सञ्चालन गर्न आह्वान गर्नसमेत सुझाव दिइएको छ ।

अन्तर्राष्ट्रिय प्रवर्द्धनको काम समेत कमजोर भएको आयोगको भनाइ छ । सोहीकारण लुम्बिनीलाई धार्मिक र सांस्कृतिक गन्तव्यको हब बनाउन सकिने सम्भावनातर्फ काम नभएको आयोगले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More