― Advertisement ―

शनिबार, अप्रिल ११ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #769)

अर्को दिन खोज्दै हुनुहुन्छ? एउटा नयाँ NYT जोन अर्थात् दिनको मध्यमा देखिने समय जुन रातको puzzs को लागि देखिन्छ। कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsगुल्मीमा २४६५ किशोरीलाई एचपीभी खोप लगाइँदै – KhabarHost

गुल्मीमा २४६५ किशोरीलाई एचपीभी खोप लगाइँदै – KhabarHost



१९ माघ, गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिन लागेको हो ।

विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई समेत खोपको पहुँचमा ल्याइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार खोप अभियानका लागि आवश्यक तयारी करिब पूरा भइसकेको छ ।

किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक गोपालबहादुर कार्कीले बताए । यसैबीच सदरमुकाम तम्घासमा खोप समन्वय समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले अभियानलाई सफल बनाउन सबै सरोकारवालाले आ-आफ्नोतर्फबाट सहयोग गर्न आग्रह गरे । उनले लक्षित समूहका सबै किशोरीले अनिवार्य रूपमा खोप लगाउनुपर्ने भएकाले तोकिएको समयमा खोप नछुटाउन अभिभावक र विद्यालयलाई विशेष ध्यान दिन आग्रह गरे ।

एक डोज एचपिभी खोपको मूल्य ९ हजार रुपैयाँभन्दा बढी पर्ने भएकाले राज्यले नि:शुल्क रूपमा उपलब्ध गराएको यो अवसरको महत्व निकै ठूलो रहेको खत्रीले बताए ।

समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने भएकाले अभिभावक, विद्यालय र समुदायलाई अभियानमा सक्रिय सहयोग गर्न स्वास्थ्य कार्यालय गुल्मीले आग्रह गरेको छ ।

-अनिल खत्रीबाट

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More