काठमाडौं, वैशाख १३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
श्रीलंकाको कोलम्बोबाट श्रीलंका एयरलाइन्सको विमानबाट काठमाडौं आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद गाँजासहित अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले बताए ।

