― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsगण्डकी प्रदेश स्तरीय यू-१६ अन्तरविद्यालय फुटबल हुने

गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तरविद्यालय फुटबल हुने


राष्ट्रिय

समाचार.

  • नेपाल पुलिस स्कुल बेलचौताराले मंसिर १७ देखि २१ गतेसम्म गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्नेछ।
  • प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् र विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
  • आयोजकले प्रतियोगिताले प्रदेशका युवा खेलाडीलाई सक्षम र आत्मविश्वासी बनाउने विश्वास व्यक्त गरेका छन्।

११ मंसिर, काठमाडौं । नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँको आयोजनामा गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै यस प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

मंसिर १७ देखि २१ गतेसम्म शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरामा रहेको स्कुलको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यस प्रतियोगिता प्रदेशकै छात्र फुटबल प्रतिभालाई पहिचान गर्ने महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ ।

नकआउट प्रणालीमा आयोजना गरिने यस प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । सुरुमा टिम दर्ता गर्ने १६ टिमलाई प्रतियोगितामा सहभागि गराइने विद्यालयका प्राचार्य रामचन्द्र शाहीले बताए । शाहीका अनुसार मनाङ र मुस्ताङबाहेकका जिल्लाबाट प्रतिस्पर्धी टोली आउने अनुमान छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४ हजार तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २ हजार मेडल, ट्रफी र प्रमाणपत्र पाउने प्रचार्य शाहीले जानकारी दिए ।

गण्डकीमा फुटबलको क्रेज विस्तारै घट्दै गइरहेकाले खेलाडी उत्पादनमा सघाउन प्रतियोगिता आयोजना गरेको नेपाल पुलिस स्कुलका समादेश प्रहरी निरीक्षक दिनेश गौतमले बताए । ‘विद्यार्थीको खेल क्षेत्रमा अभिरुची बढाउनुका साथै उनीहरुको प्रतिभालाई उजागर गर्दै भोलिका दिनमा खेललाई व्यवसायीक रुपमा लैजाने माध्यम हुनेछ’, उनले भने ।

विद्यालयस्तरमै फुटबलको कौशल विकास गर्न, खेल–भावना, अनुशासन र नेतृत्व क्षमता वृद्धि गर्न,प्रदेशका विद्यार्थी-युवाहरूमा खेलकुद प्रतिको रुचि बढाउन तथा भविष्यका उत्कृष्ट खेलाडी पहिचान गरी अगाडि बढाउन यस प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रदेशका युवा खेलाडीहरूलाई सक्षम र आत्मविश्वासी बनाउने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यस प्रतियोगितालाई प्रदेशमै उत्कृष्ट खेलकुद आयोजनाको रूपमा स्थापित गराउने लक्ष्य रहेको पनि आयोजकले जनाएको छ ।





Read More