राष्ट्रिय
समाचार.
- कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको स्पष्ट पार्नुभयो।
- थापाले ९ कक्षामा पढ्दा नै कांग्रेसमा प्रवेश गरेको र २०४६ र २०६२/०६३ को आन्दोलनमा सहभागी भएको बताउनुभयो।
- उनले भने, ‘कसैले हटायौं भनेर हट्ने होइन’ र आफूलाई कारबाही गरिएको सुनेको उल्लेख गर्नुभयो।
३० पुस, काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।
‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’
उनले बन्दसत्र हललाई सम्बोधन गर्दै आजै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने पनि बताए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

