― Advertisement ―

भल्भको स्टीम डेक OLED अमेरिकामा स्टक बाहिर छ, र मलाई लाग्छ कि हामी किन अनुमान गर्न सक्छौं

भल्भको स्टीम डेक OLED मोडेलहरू अमेरिकामा स्टक बाहिर छन्, र RAM संकट फेरि जिम्मेवार हुन सक्छ। थप पढ्नुहोस्
HomeLatest newsगएको आर्थिक वर्ष सरकारको सञ्चित कोष २ खर्ब ऋणात्मक

गएको आर्थिक वर्ष सरकारको सञ्चित कोष २ खर्ब ऋणात्मक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको पाइएको छ।
  • महालेखा नियन्त्रकको कार्यालयले केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेस गरेको छ।
  • सरकारले राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड राखेको थियो, संकलन भने ११ खर्ब ७८ अर्ब ८२ करोड बराबर भएको थियो।

१४ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको पाइएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चलअचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेस गरेको छ ।

सोही प्रतिवेदनमा सरकारको सञ्चित कोष २ खर्ब घाटामा रहेको देखिएको छ । सरकारको नगद अवस्था समेत ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक छ ।

विभिन्न कोषको मौज्दात र बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद र बैंक मौज्दात रकम भने ६५ अर्ब ८१ करोड २६ लाख बचतमा रहेको पाइएको छ ।

प्रतिवेदनमा नेपाल सरकारको बजेट र अतिरिक्त बजेटरी निकायका विवरण समावेश छन् । गत आव सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेको थियो । यसमध्ये १५ खर्ब २३ अर्ब १० करोड खर्च भएको थियो ।

सरकारले राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड राखेको थियो । संकलन भने ११ खर्ब ७८ अर्ब ८२ करोड बराबर भएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार महालेखा नियन्त्रकको कार्यालयले यस्तो विवरण अर्थ मन्त्रालयमा बुझाउनुपर्छ । तोकिएको समय सीमाभित्र प्रतिवेदन बुझाइएको समेत महालेखाको भनाइ छ ।





Read More