― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest news‘खेतीबालीमा हाल्ने विषादीले धेरै किसान क्यान्सर रोगी भए’

‘खेतीबालीमा हाल्ने विषादीले धेरै किसान क्यान्सर रोगी भए’


राष्ट्रिय

समाचार.

  • डा. अजयकुमार झाका अनुसार गाउँ र शहरमा क्यान्सरको समस्या समान छ, तर दक्ष जनशक्ति र अत्याधुनिक मेसिनको कमीले उपचारमा ठूलो ग्याप छ।
  • सरकारले रोकथाममा ध्यान दिनुपर्ने र रेफरल सिस्टम बलियो बनाउनुपर्ने सुझाव डा. झाले दिएका छन् ।

नेपालमा क्यान्सर किन बढ्दै छ ?

आजभन्दा केही दशक अघिसम्म निदानको साधन सीमित भएकाले धेरै क्यान्सर पत्ता नै लाग्दैनथ्यो, तर अहिले स्क्रिनिङ, जाँच–प्रविधि र अस्पताल पहुँच सबै बढेका छन् । त्यसैले पहिले नदेखिएका धेरै केस आज पहिचान हुने गरेको छ भन्ने सुनिन्छ यो कुरामा कति सत्यता छ ? नेपालमा क्यान्सरको सबै उपचार छ भनिन्छ, तर धेरै बिरामीहरु भारत धाइरहेका छन् । यसको कारण के होला ?

यी विषयमा रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झासँग गरिएको कुराकानी

अहिले क्यान्सर जस्ता दीर्घ रोगहरू धेरै बढे भन्ने सुनिन्छ । मान्छेहरू भन्छन् पहिला अस्पताल र डायग्नोस्टिक सुविधा थिएन, त्यसैले रोग पत्ता लाग्दैनथ्यो, अहिले सुविधा बढ्यो त्यसैले धेरै देखियो । के यसमा कति सत्यता छ ?

पछिल्लो समय अस्पताल र रोग पत्ता लगाउने प्रविधि बढेर क्यान्सर जस्ता रोग बढी पत्ता लागेको हो भन्ने कुरा आधा मात्र सत्य हो । सुविधा बढेकाले केही हदसम्म पत्ता लाग्ने दर बढेको त हो, तर वास्तवमा रोगहरू नै बढेका छन् । दीर्घ रोगहरूको मूल कारण दीर्घकालीन विषाक्त पदार्थको एक्स्पोजर हो । यस्ता रोग रुघाखोकी जस्तो एकै पटक सर्ने होइन, यो वर्षौँसम्म शरीरका कोषहरूमा विषाक्त पदार्थ जम्मा हुँदै गएर हुने हो ।

३०–४० वर्षअघिको जीवनशैली सम्झिऊ त खाना पूर्णरूपमा जैविक हुन्थ्यो । आफ्नै बारीको तरकारी, दूध, दही, दाल, चामल । केही सीमित कुरा मात्र बजारबाट किनेर ल्याइन्थ्यो । खेतबारीमा विषादीको प्रयोग न्यून हुन्थ्यो । मान्छेहरू बिहान ५ बजे उठ्थे, खेतबारीमा दिनभरि काम गर्थे, साँझ घर फर्केर खाना खान्थे ८–९ बजेतिर सुत्थे । पहिलेका मान्छेहरू बाहिरको घाम, हावा, पानीको प्रत्यक्ष सम्पर्कमा हुन्थे ।

अहिले के भयो भने कृषि उत्पादनमा अत्यधिक रासायनिक मल, विभिन्न रसायन तथा कीटनाशकहरूको प्रयोग हुन्छ । एउटा मात्र सिजनमा पाइने फलफूल तरकारी बाह्रै महिना उत्पादन हुन थाल्यो । धेरै किसानहरू भन्छन् ‘बालीमा पहिला २ पटक कीटनाशक स्प्रे गर्थ्यौँ, अहिले ७–८ पटक गर्नुपर्छ, नत्र बाली नै हुँदैन ।’

जमिनको उर्वराशक्ति घट्दै गएको छ, तर यसको अनुसन्धान र नियन्त्रण शून्य छ ।

जीवनशैली पूर्णरूपमा इन्डोर भएको छ । बिहान ८–९ बजे उठ्ने, गाडी चढ्ने, एसी कोठामा बस्ने, साँझ फेरि गाडीमै घर फर्कने । घाम, प्राकृतिक हावामा ज्यादै कम बस्ने। व्यायाम शून्य हुन थाल्यो।

वायु प्रदूषण, गाडीको धुवाँ, औद्योगिक धुलो, ओजन तहको क्षय यी सबै टक्सिनहरू वर्षौँसम्म जम्मा हुँदै गए । नतिजा स्वरूप मोटोपन बढ्यो, इम्युनिटी घट्यो, दीर्घ रोगहरू बढे ।

वायुप्रदूषण, गाडीको धुवाँ, औद्योगिक धुलो, ओजन तहको क्षय यी सबै टक्सिनहरू वर्षौँसम्म जम्मा हुँदै गए । नतिजा स्वरूप मोटोपन बढ्यो, रोगप्रतिरोधी क्षमता घट्यो, दीर्घ रोगहरू बढे । पहिला टाइफाइड, निमोनिया, झाडापखालाबाट मान्छेहरू मर्थे किनकि औषधि थिएन । अहिले ती रोगको औषधि छ, तर कतिपय दीर्घ रोगको औषधि छैन । केहीको औषधि छ र जीवनभरि खानुपर्छ । त्यसैले क्यान्सर जस्ता रोगहरूको परीक्षण मात्रै बढेको हैन रोग नै बढेको हो ।

शहरमा धेरै क्यान्सरका बिरामी धेरै छन्, गाउँमा कम छ भनेको सुनिन्छ नि ?

यो एकदम गलत धारणा हो । क्यान्सरको समस्या शहरमा मात्र हैन गाउँमा पनि उत्तिकै छ, बरू कतिपय ठाउँमा अझै बढी छ । म आफैँ ग्रामीण क्षेत्रमा बसेको मान्छे, ग्रामीण क्षेत्रका बिरामीहरू हेर्छु । भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र गण्डकीका गाउँहरूमा तरकारी खेती धेरै हुन्छ । त्यहाँ ब्लड क्यान्सर र अन्य क्यान्सरका बिरामी धेरै आउँछन् । किसानहरू नै भन्छन् ‘खेत बारीमा पहिला २ चोटि कीटनाशक स्प्रे गथ्र्यौं, अहिले ८ चोटि गर्नुपर्छ ।’

एउटा गाउँमा ३६ जनालाई क्यान्सर भएको भन्ने त समाचार नै आयो । तराईमा माछा पालन गर्ने घरका सदस्यहरूलाई बढी क्यान्सर देखिन्छ । उनीहरू फर्मालिन (फर्मल डिहाइड) प्रयोग गर्छन् ।

क्यान्सरको मूल स्रोत खाना शहर र गाउँमा साझा छ । गाउँले खेती गर्छ, शहरले खान्छ । दुवै ठाउँमा उही विषादीयुक्त खाना पुग्छ । त्यसैले गाउँ शहरमा क्यान्सर जस्ता
दीर्घरोगको वितरण लगभग उस्तै छ ।

नेपालमा क्यान्सरको उपचार सबै छ भनिन्छ, तर बिरामीहरू भारत जानुपर्छ भन्छन् किन होला ?

नेपालमा नै क्यान्सरको उपचार सम्भव छ भने पनि क्यान्सरको पहिचान गर्ने र उपचार दुवैमा ठूलो ग्याप छ । नेपालमा अझै पनि दक्ष जनशक्ति अत्यन्त कम छन् । भएका दक्ष जनशक्ति पनि सबै एकै ठाउँमा विशेष गरी शहरी क्षेत्रमा केन्द्रित छन् । यसले गर्दा गाउँका बिरामीलाई दक्ष चिकित्सककोमा पुग्नै समस्या छ ।

अत्यधुनिक मेसिनहरू सीमित छन् र भए पनि सरकारी अस्पतालहरूमा तिनको पूर्णउपयोग हुँदैन । बहुविशेषतायुक्त टिम जस्तो प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, अंकोलोजिस्ट, सर्जन एकै ठाउँमा सँगै बसेर काम गर्ने प्रचलन छैन ।

रेफरल सिस्टम पूर्णरूपमा विफल छ । गाउँ वा शहरका डाक्टरले पनि सही ठाउँमा सही समयमा बिरामीलाई पठाउँदैनन् । जसले गर्दा बिरामी महिनौँसम्म अलमलिन्छ, पैसा सकिन्छ, रोग बढ्छ ।

अधिकांश बिरामी हामीकहाँ आउँदा स्टेज ३–४ मा हुन्छन् । ४८ घण्टामा डायग्नोसिस गर्न सकिने केस सरकारी अस्पतालमा २५–३० दिनसम्म पनि डायग्नोसिस हुँदैन । अनावश्यक जाँचहरू धेरै गराइन्छन् । त्यसैले यी सबै समस्याबाट बच्न धेरै बिरामी उपचारका लागि भारत जाने गर्छन् ।

सरकारले क्यान्सर लाग्नै नदिन चाहिँ  के गर्नुपर्छ ?

हामीले उपचारमा जति खर्बौं खर्च गर्छौं, त्यति नै खर्बौं जनताले चुरोट, रक्सी, गुट्खा, विषादीयुक्त खानामा खर्च गरिरहेका छन् । सरकारले एकातिर ‘उपचारमा सहयोग गर्छु’ भन्छ, अर्कोतिर ती रोग निम्त्याउने वस्तु बेच्न दिइरहेको छ ।

रोग लाग्न नदिनु नै सबैभन्दा सस्तो र प्रभावकारी उपचार हो । त्यसैले सरकारले पैसा दिएर उपचार होइन, रोकथाममा ध्यान दिनुपर्छ । जैविक खेतीलाई प्रोत्साहन गर्नुपर्छ, विषादीको अत्यधिक प्रयोगमा कडा अनुगमन र नियन्त्रण गर्नुपर्छ । खाद्य सुरक्षा तथा गुणस्तरमा कडा निगरानी गर्नुपर्छ ।

कृषिमा विषादीको मात्रा, भण्डारणमा रङ्ग–केमिकलको प्रयोगमा कडा नियन्त्रण गर्नुपर्छ । बजारमा पुग्ने हरेक तरकारी÷फलफूलको विषादी परीक्षण गर्नुपर्छ । सुर्तीजन्य पदार्थ र मदिरामा पूर्ण प्रतिबन्ध वा अत्यधिक कर र नियन्त्रण गर्नुपर्छ । हरेक वडामा पार्क, हिड्नका लागि ट्र्याक, खेल मैदान, शारीरिक सक्रियता बढाउने पूर्वाधार निर्माण गर्नुपर्छ । स्कुलदेखि नै स्वास्थ्य शिक्षा र शारीरिक व्यायाम अनिवार्य गर्नुपर्छ ।

अर्को महत्वपूर्ण काम भनेको रेफरल सिस्टम बलियो बनाउनुपर्छ । गाउँको स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालसम्म एउटै डिजिटल प्लेटफर्ममा जोड्नुपर्छ । आवश्यक परेको खण्डमा एक अस्पतालबाट एम्बुलेन्समा अर्को अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिदिनुपर्छ । जसले गर्दा बिरामी अलमल पर्दैनन् कहाँ जाने कसलाई भेट्ने भनेर ।

प्रारम्भिक डायग्नोसिसका लागि गाउँ–गाउँमा स्क्रिनिङ क्याम्प र सचेतना कार्यक्रम गर्नुपर्छ । हामी उपचारमा मात्र होइन, कारण हटाउनतर्फ लाग्नुपर्छ ।

खाना शुद्ध बनाउने, जीवनशैली सक्रिय बनाउने, वातावरण जोगाउने । यी तीन कुरा भए ७०–८० प्रतिशत दीर्घ रोग आफैँ कम हुन्छ । यो व्यक्तिगत, सामाजिक र सरकारी तहको साझा जिम्मेवारी हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More