― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest newsक्यान्सर बिरामी खोज्न गाउँमा चिकित्सक टोली, चार जनामा देखियो पाठेघरको संक्रमण

क्यान्सर बिरामी खोज्न गाउँमा चिकित्सक टोली, चार जनामा देखियो पाठेघरको संक्रमण



६ मंसिर, हेटौंडा । क्यान्सरका बिरामी खोज्न १२ जना चिकित्सकको टोली मकवानपुरको गाउँ आइपुगेको छ ।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भरलाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले मकवानपुरगढी गाउँपालिका–४, स्थित सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा क्यान्सर रोगसँग सम्बन्धित स्वास्थ्य जाँच गरेको हो । पाठेघर तथा स्तन क्यान्सर र पोष्टेडसँग सम्बन्धित रोगका बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।

चार जनालाई पाठेघरको क्यान्सर देखिएको कार्यक्रम संयोजकसमेत रहेकी स्थानीय आयोजक जागरण बचत तथा ऋण सहकारी संस्थाकी मेनुका दाहालले जानकारी दिइन् । पाठेघरसँग सम्बन्धित क्यान्सरको जाँच १६० जनाले गराएका थिए । ‘पाठेघरमा क्यान्सरका संक्रमण देखिएकाहरूलाई तत्काल उपचार गराउन चिकित्सकको टोलीले सुझाएको छ,’ दाहालले भनिन् ।

७० जनाले पोष्टेड रोगको जाँच गराउँदा र ९७ जनाले भिडियो एक्सरेको सेवा पनि लिए । गाउँका ३२० जनाले स्वास्थ्य जाँच गराएका हुन् । गाउँमै पुगेर क्यान्सरका बिरामी खोज्न रोटरी क्लब मकवानपर, हेटौंडा र यालाले कार्यक्रमको आयोजना गरेको थियो ।

क्यान्सर जस्तो जटिल रोगको संक्रमण खोज्न गाउँसम्मै चिकित्सकको टोली आउँदा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको कार्यक्रम संयोजक दाहालले बताइन् । स्थानीयले पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा पनि पाएका थिए ।

अघिल्ला वर्षहरुमा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई मात्र स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा यस वर्षदेखि पालिकाभरका सबै नागरिकलाई लक्षित गरी स्वास्थ्य जाँचको अबसर प्रदान गरिएको दाहालले जानकारी दिइन् । सहकारीले हरेक तीन तीन वर्षमा क्यान्सर परिक्षण शिविरको आयोजना गर्दै आएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More