― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsकोही चुनावमा जाने, कोही सडक तताउने – KhabarHost

कोही चुनावमा जाने, कोही सडक तताउने – KhabarHost



६ पुस, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले १०० दिन पूरा गरेको छ । योसँगै जेनजीका विभिन्न समूहले सरकारका काम–कारबाहीको मूल्यांकन गर्न थालेका छन् ।

कतिपय जेनजी सरकारसँग असन्तुष्ट छन् भने कोही सरकारको म्यान्डेटअनुसार चुनावमा केन्द्रित हुनुपर्ने बताइरहेका छन् । असन्तुष्टमध्ये केही समूहले सडक आन्दोलन तताउने तयारी समेत गरेका छन् ।

जेनजी आन्दोलनको दिन सडकमा नदेखिएका मिरज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गर्दै अब आफू सडकमा जाने बताए । ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित विरोधको कार्यक्रम गर्नुपर्ने अवस्था आएको बतायो ।

ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने बताए ।

‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन,’ उनले भने, ‘त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् । आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ ।’

सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बोक्न नसक्ने दाबी ढुंगानाले गरे । ‘२०८४ को चुनाव २०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’

यसरी ढुंगानाले चुनावमा जान नहुने तर्क सरकारको १०० दिनलाई मूल्यांकन गरेर गरेका होइनन् । पत्रकार सम्मेलनमा सो दाबी गरे पनि उनी सुरुवातबाटै यो सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने बताउँथे । गत कात्तिक १ गते दल खोल्ने भन्दै एभरेस्ट होटलमा पत्रकार सम्मेलन गरेका उनले आफूहरूले चुनावमा जान दल नखोलेको तर्क गरेका थिए ।

गत भदौ २४ गते जेनजी प्रदर्शनकारी संसद् भवनअगाडि प्रदर्शन गर्दै।

त्यसबेला नै ढंगानाले यो सरकारको म्यान्डेट चुनाव गराउनु नरहेको बताएका थिए । यो सरकार महत्त्वपूर्ण विषयमा संविधान संशोधन गराएर अघि बढ्न बनेकोले चुनाव गराउने यसको म्यान्डेट नरहेको उनको तर्क थियो ।

‘यदि अहिलेको सरकार चुनावी सरकार बन्ने कुरा सोच्नुभएको छ भने त्यो भ्रम हो । यो सरकारको उद्देश्य यही अवस्थामा चुनाव गराउनु होइन,’ उनले भने ।

यसरी सुरुवातबाटै चुनाव नचाहेका ढुंगाना अब भने गठबन्धन बनाएरै आन्दोलनमा जान कस्सिएका छन् । आन्दोलन गर्ने जेनजी गठबन्धनमा २६ वटा समूह रहेको उनी निकट हरिष भट्टले बताए । यसमा को–को छन् भन्नेबारे छिट्टै खुलाइने उनले बताए ।

‘देशव्यापी आन्दोलन गर्ने यो गठबन्धनको शक्ति चाहिँ कति हो ?,’ अनलाइनखबरको प्रश्नमा भट्टले भने, ‘अब हामीले आह्वान गर्ने हो । कति आउनुहुन्छ त्यो त भोलि नै थाहा हुन्छ । देशलाई माया गर्नेहरू आन्दोलनमा आउनुहुन्छ र साथ दिनुहुन्छ भन्ने विश्वास छ ।’

चुनाव नै चाहन्छ : जेनजी फ्रन्ट

जेनजी फ्रन्ट भने अहिलेको आवश्यकता आन्दोलनभन्दा पनि चुनाव नै रहेको बताउँछ । रक्षा बम नेतृत्वको यो समूहको बुझाइअनुसार अहिले चुनावको विकल्प नरहेकोले सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ ।

आफूहरूले पनि त्यसकै लागि तयारी गरिरहेको र संगठनबाट स्वतन्त्र उम्मेदवारी दिएकालाई सहयोग गर्ने योजना रहेको फ्रन्टका अगुवा युजन राजभण्डारीले बताए ।

अन्य शक्तिको आडमा उठाइएको आन्दोलनमा आफूहरूको साथ नहुने उनको तर्क छ । यसरी चुनाव बिथोल्ने नियतले गरिने आन्दोलन कुनै हिसाबले सही नहुने उनले बताए ।

‘हामी आन्दोलनको पक्षमा छैनौँ । सरकार ढालेर अहिले सर्वपक्षीयको नाममा अर्को सरकार बनाउने लफडामा फस्नु हुँदैन । अब यही सरकारले चुनाव गराउनुपर्छ र हामीले त्यसमा सहयोग गर्नुपर्छ,’ राजभण्डारीले भने ।

बरु आफ्ना समूहबाट कोही स्वतन्त्र हिसाबले चुनाव लड्न चाहे त्यसमा सहयोग गर्ने उनले बताए ।

निकासका लागि चुनाव अनिवार्य : जेनजी मुभमेन्ट अलायन्स

जेनजी मुभमेन्ट अलायन्स पनि अहिलेको अवस्थामा चुनावको विकल्प नरहेकोले आफूहरू आन्दोलनको पक्षमा नरहेको बताउँछ । अलायन्सकी अगुवा मोनिका निरौलाका अनुसार अहिले मिरज ढुंगाना समूहले गर्ने भनेको आन्दोलनमा पनि यसको संलग्नता छैन । बरु अवस्था बुझेर सबैले चुनावलाई सहयोग गरिदिन उनले अनुरोध गरिन् ।

‘अब क–कसले आन्दोलन गर्ने भन्नुभएको छ, हामी त्यसमा संलग्न छैनौँ । अहिलेको अवस्थामा हामी चुनाव नै हुनुपर्छ भन्नेमा अडिग छौँ,’ निरौलाले भनिन्, ‘यद्यपि, आन्दोलन गर्नु संवैधानिक अधिकार हो । उहाँहरूले गर्नुहुन्छ भने हामीले केही भन्ने कुरा पनि भएन । तर अहिलेको अवस्था बुझेर परिपक्व निर्णय लिइदिए हुन्थ्यो भन्ने अनुरोध मात्र छ ।’

ढुंगाना समूहले उठाएको तत्काल संविधान संशोधन गर्नुपर्ने मुद्दा अहिलेको लागि व्यावहारिक नभएको तर्क पनि निरौलाले गरिन् ।

बरु यसको सट्टा आफूहरू चुनाव केन्द्रित अभियानमा रहेको उनले बताइन् । यदि जेनजी मुभमेन्ट अलायन्स वा अन्य कुनै जेनजी समूहबाट स्वतन्त्र लड्ने युवालाई आफूहरूले चुनावमा सहयोग गर्ने उनको भनाइ छ ।

‘यदि चुनावलाई अलि समय भइदिएको भए हामीले दल खोलेर वा अरू कुनै तरिकाले सहभागी हुन्थ्यौँ होला । तर आन्दोलनपछिको तीन महिना सम्झौताकै वरपर रहनुपर्यो । राजनीतिक रूपले केही गर्न सकिएन,’ निरौलाले अनलाइनखबरसँग भनिन्, ‘तर पनि राजनीतिक निकासका लागि चुनावको विकल्प छैन ।’

चुनावको विकल्प छैन : द काउन्सिल अफ जेनजी

द काउन्सिल अफ जेनजीका अगुवा भने अहिलेको अवस्थामा चुनावभन्दा राम्रो विकल्प केही हुन नसक्ने बताउँछन् । कोशी प्रदेश संयोजक उपार्जुन चामलिङका अनुसार द काउन्सिल अफ जेनजी चुनावबाट दायाँबायाँ गर्न नहुने पक्षमा छ ।

‘आन्दोलन घोषणा गर्नेहरू जेनजी हुन कि के हुन् ? जनता सचेत छन् । को–कस्ता हुन् सबै देखिएकै छ,’ चामलिङले भने, ‘हामी चाहिँ यस्ता फन्डाका पछाडि लागेका छैनौँ । अहिलेको अवस्थामा चुनावभन्दा राम्रो र सुन्दर विकल्प केही पनि हैन ।’

मिरज ढुंगानप्रति संकेत गर्दै चामलिङले थपे, ‘हिजो जेनजी आन्दोलनमा सडकबाटै भाग्नेहरू आज किन सडकमा आउँछु भन्दै छन् । यी कुरा जनताले स्पष्ट बुझेका छन् ।’

चुनाव नहुँदा दुई वटा बाटोमा मुलुक हिँड्ने जोखिम देखेकाले त्यो पक्षमा देशको भलो चाहने जेनजी नलाग्ने उनले बताए । चुनाव नहुँदा कि त अधिनायकवादी शक्ति आउने वा संसद् पुनर्स्थापना हुने अवस्थामा मुलुक जाने उनले बताए । त्यसैले जेनजीले यीमध्ये के चाहेको हो भन्नेमा स्पष्ट हुनुपर्छ ।

‘अहिलेको युवाले न अधिनायकवादी शक्ति चाहन्छ, न त पुरानै गुण्डु ग्याङलाई सत्ता सुम्पने संसद् पुनर्स्थापना,’ उनले भने, ‘त्यसैले अहिले चुनावको विकल्प छैन ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More