― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsकैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस

कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस



१९ पुस, धनगढी । नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल सिफारिस गरिएको छ ।

शुक्रबार बसेको एमाले क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि भट्टको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदले भट्टको नाम एकल सिफारिस गर्ने निर्णय सर्वसम्मतका साथ गरिएको जानकारी दिए । उनकाअनुसार क्षेत्रीय समन्वय कमिटीले पार्टीको जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

अब जिल्ला कमिटीले निर्णय गरेर प्रदेश कमिटी र प्रदेशले केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ । भट्ट काठमाडौँको भृकुटीमण्डपमा गत मंसिरसमा सम्पन्न ११औँ राष्ट्रिय महाघिवेशनबाट सर्वाधिक मतसहित एमालेको उपमहासचिवमा निर्वाचित भएका थिए ।

नेकपा विभाजनपछि एमालेमै बसेका भट्ट यसअघि कैलाली–४ बाट नेकपा माओवादी केन्द्र उम्मेदवार बनेका थिए । नेकपाकालमा भने उनी यो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका बिरबहादुर बलायरसँग पराजीत भएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More