― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsकैलाली-२ बाट उपाध्यायसहित १० जना कांग्रेस उम्मेदवारमा सिफारिस

कैलाली-२ बाट उपाध्यायसहित १० जना कांग्रेस उम्मेदवारमा सिफारिस



२६ मंसिर, काठमडौं । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ क्षेत्रीय सिमितले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि डा। जितु उपाध्यायसहित १० जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

हाल सदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख राजनीतिक सल्लाहकार डा. उपाध्याय कांग्रेसका युवा नेता हुन् । दक्षिण कोरियाबाट फूड टेक्नोलोजीमा पीएचडी गरेका उपाध्यायले क्यानडामा प्राध्यापन गरिरहेका थिए । शाहले प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेपछि उनी नेपाल फर्केका हुन् ।

त्यस्तै सो क्षेत्रबाट कृष्णराज पाण्डे, गोपाल बम, घनश्याम जोशी, नमराज उपाध्याय,  विजयबहादुर स्वाँर, वीरबहादुर चौधरी (थारु), मोहनसिंह राठौर, ललिता भट्ट  र हिमबहादुर रावलको नाम पनि सिफारिस भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ कृष्णबहादुर चौधरी, गोविन्दबहादुर विष्ट, जगराम चौधरी, रीता मञ्जरी, शीवा थापा, नन्दराम बादी, टीका चौधरी, सुशीला जोशी, सुमन सञ्ज्याल, नृपबहादुर सुवर्णकार, बलबहादुर विष्ट र रविन्द्रकुमार चौधरीको नाम सिफारिस भएको छ ।

राष्ट्रियसभा तर्फ जनकबहादुर बम, धर्मराज न्यौपाने, नारायणप्रसाद शर्मा, बलबहादुर विष्ट, रंगकुमार भट्टराई, शिवा थापा र हुर्मत चलाउनेको नाम सिफारिस भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More