― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeराष्ट्रिय समाचारकैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ – KhabarHost

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ – KhabarHost



१८ कात्तिक, धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । कैलालीमा दुई र कञ्चनपुरमा ६ जना गरेर लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कैलालीको टिकापुर नगरपालिका–९ खक्रौला भन्सार चेकपोष्ट नजिक लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका-१ छापापुरका २८ वर्षीय धर्मेन्द्र आचार्य र २९ वर्षीय आशिष नेपाली रहेका छन् ।

शंकास्पद रूपमा चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ९९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । उनीहरूलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरिया क्षेत्रमा समेत प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले गुलरियास्थित २१ वर्षीय गणेश बोहराको घरमा खानतलासी गर्दा घरको ग्यालरीमा लुकाएर राखेको अवस्थामा ७ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ ।

लागुऔषधसहित घरभित्र शंकास्पद रूपमा रहेका २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी र ३० वर्षीय गणेशबहादुर बिष्टलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Read More