― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
HomeLatest newsकैलालीमा लागूऔषधसहित ८ जना पक्राउ – KhabarHost

कैलालीमा लागूऔषधसहित ८ जना पक्राउ – KhabarHost


जिल्ला प्रहरी कार्यालय कैलालीको भवन । फाइल फोटो



२३ कात्तिक, धनगढी । कैलालीमा लागूऔषधसहित ८  जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार धनगढीदेखि भजनीसम्मका विभिन्न ठाउँमा प्रहरीले संयुक्त रुपमा गरेको जाँचका क्रममा लागूऔषधसहित ८ जनालाई पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका–१३ झलारीबाट एक ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । शंकाका आधारमा चेकजाँच गर्दा २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोरलाई पक्राउ गरिएको हो । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलाली गाउँको संयुक्त टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट पनि दुई जनालाई पक्राउ गरिएको छ ।  गोप्य सूचनाका आधारमा शनिबार साँझ ५ बजेतिर लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट ४२० मिलिग्राम खैरो हेरोइनसहित २४ वर्षीय दिनेश बुढा र २४ वर्षकै ललित रानाक्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका–१ बाट थप एक जना पक्राउ परेका छन् । एक सय ३० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका–३, लायकपुर बस्ने २४ वर्षीय जगदिश साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका–९ पचमोडियाबाट समेत दुई जना पक्राउ परेका छन् । शनिबार राति साढे ९ बजे ५४० मिलिग्राम खैरो हेरोइनसहित घोडाघोडी नगरपालिका–१२, बनबासाका २५ वर्षीय डेविड कठरिया र सोही ठाउँका ३१ वर्षीय नरेन्द्र चौधरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More