२२ कात्तिक, धनगढी । कैलालीमा करीब १५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
उनकाअनुसार रानालाई शुक्रबार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिका टोलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
उनको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

